प्रति १० व्यक्तिमध्ये एक जनामा संक्रमण भइसकेको हुन सक्छ: डब्ल्युएचओ | Khabarhub Khabarhub

प्रति १० व्यक्तिमध्ये एक जनामा संक्रमण भइसकेको हुन सक्छ: डब्ल्युएचओ

विश्वभर थप २ लाख ६४ हजारमा संक्रमण


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वका प्रति १० व्यक्तिमध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भइसकेको हुन सक्ने जनाएको छ।

महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्युएचओका नेताहरुको विशेष बैठकमा यस्तो अनुमान गरिएको हो ।

विश्वमा हरेक १० मा एकजना कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने डब्ल्युएचओले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

विश्वभर तीन करोड ५६ लाख मानिस संक्रमित भएको पुष्टि भए पनि यो संख्या ८० करोड नजिक रहेको डब्ल्युएचओको अनुमान छ ।

विज्ञहरुले यसअघिदेखि नै लगातार वास्तविक संक्रमितको संख्या पुष्टि भएको भन्दा धेरै रहेको बताउँदै आएका छन् ।

थपिए २ लाख ६४ हजार संक्रमित

विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ६४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२ लाख ६४ हजार २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ३ करोड ५६ लाख ९५ हजार ४११ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा थप ४ हजार २५० जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ४५ हजार ८९२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म ७७ लाख ८४ हजार ८४७ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ६६ हजार ८८३ को अवस्था गम्भीर छ ।

अहिलेसम्म २ करोड ६८ लाख ६४ हजार ६७२ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७६ लाख ७९ हजार नाघेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ७ : ५९ बजे

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्

चीनमा सवारीसाधनको बिक्रीमा उत्साहजनक वृद्धि

बेइजिङ – चीनमा सवारीसाधनको बिक्री मे महिनामा उल्लेखनीय रूपमा वृद्धि