झापा- झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई सङ्क्रमण पुष्टि भएको हो ।
उनकी पत्नी लीला ओली र छोरा अनिल ओलीसमेत संक्रमित भएका छन् ।
मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए ।
नगरप्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाका सेवा आजदेखि ४ दिनका लागि बन्द गरिएको छ ।
प्रतिक्रिया