फोहोरमैला व्यवस्थापन गर्न उपप्रुमख खड्गीको संयोजकत्वमा कार्यदल गठन « Khabarhub

फोहोरमैला व्यवस्थापन गर्न उपप्रुमख खड्गीको संयोजकत्वमा कार्यदल गठन


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको प्रक्रिया अघि बढाउन महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन भएको छ ।

असोज १९ गते महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा सभागृहमा बसेको ५१ औ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

कार्यदलको सदस्यमा वडा १२ का अध्यक्ष एवं वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोल, वडा ४ का अध्यक्ष मोहन बिष्ट र सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत रहेका छन् । कार्यदलको सदस्य सचिवमा वातावरण व्यवस्थापन बिभागका प्रमुखले काम गर्ने छन् ।

‘लगानी बोर्डबाट थालनी भएर महानगरमा फाइल आएको यो परियोजनालाई कसरी अगाडि बढाउन सकिन्छ? सरोकारवालासँग कुरा गर्न, विकासकर्तासँग सर्तमा सहमति गर्न र प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन जिम्मेवारी तोकेर निरन्तर काम गर्नुपर्ने भएकोले उपप्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ ।’

बैठकका अध्यक्ष एवं महानगरका प्रमुख शाक्यले जानकारी दिए।

काठमाडौँ उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्र सहभागी गराउन लगानी बोर्डबाट अघि बढेको प्रक्रिया २०७५ साउन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ३१ औं बैठकले विकासकर्तासँगको परियोजना विकास सम्झौता स्वीकृत गरेको थियो ।

यसअघि २०७४ फागुन २४ गते निजी क्षेत्रलाई काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनको जिम्मा दिने लगानी वोर्डका तत्कालीन प्रमुख कार्यकारी महाप्रसाद अधिकारी र निजी क्षेत्रकोतर्फबाट नेपवेष्टकी अध्यक्ष संगीता श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेकी थिइन।

अन्तिम सम्झौताका लागि ट्रान्सफर स्टेशन प्राप्ति, जनशक्ति व्यवस्थापनलगायत केही विषयमा दुई पक्षबीचका केही सर्तमा सहमति जुटाउन बाँकी छ । यो चरणमा लगानी बोर्डबाट फाइल महानगरमा आएको हो ।

कार्यपालिका बैठकमा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले परियोजना शुरु भएदेखि अहिलेसम्म भएका प्रयास, यसका सम्भावना र चुनौतीका विषयमा प्रस्तुति गरेका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  २ : २२ बजे

अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा शुक्रबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार

तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल

तनहुँ– तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले