फोहोरमैला व्यवस्थापन गर्न उपप्रुमख खड्गीको संयोजकत्वमा कार्यदल गठन | Khabarhub Khabarhub

फोहोरमैला व्यवस्थापन गर्न उपप्रुमख खड्गीको संयोजकत्वमा कार्यदल गठन


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको प्रक्रिया अघि बढाउन महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन भएको छ ।

असोज १९ गते महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा सभागृहमा बसेको ५१ औ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

कार्यदलको सदस्यमा वडा १२ का अध्यक्ष एवं वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोल, वडा ४ का अध्यक्ष मोहन बिष्ट र सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत रहेका छन् । कार्यदलको सदस्य सचिवमा वातावरण व्यवस्थापन बिभागका प्रमुखले काम गर्ने छन् ।

‘लगानी बोर्डबाट थालनी भएर महानगरमा फाइल आएको यो परियोजनालाई कसरी अगाडि बढाउन सकिन्छ? सरोकारवालासँग कुरा गर्न, विकासकर्तासँग सर्तमा सहमति गर्न र प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन जिम्मेवारी तोकेर निरन्तर काम गर्नुपर्ने भएकोले उपप्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ ।’

बैठकका अध्यक्ष एवं महानगरका प्रमुख शाक्यले जानकारी दिए।

काठमाडौँ उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्र सहभागी गराउन लगानी बोर्डबाट अघि बढेको प्रक्रिया २०७५ साउन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ३१ औं बैठकले विकासकर्तासँगको परियोजना विकास सम्झौता स्वीकृत गरेको थियो ।

यसअघि २०७४ फागुन २४ गते निजी क्षेत्रलाई काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनको जिम्मा दिने लगानी वोर्डका तत्कालीन प्रमुख कार्यकारी महाप्रसाद अधिकारी र निजी क्षेत्रकोतर्फबाट नेपवेष्टकी अध्यक्ष संगीता श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेकी थिइन।

अन्तिम सम्झौताका लागि ट्रान्सफर स्टेशन प्राप्ति, जनशक्ति व्यवस्थापनलगायत केही विषयमा दुई पक्षबीचका केही सर्तमा सहमति जुटाउन बाँकी छ । यो चरणमा लगानी बोर्डबाट फाइल महानगरमा आएको हो ।

कार्यपालिका बैठकमा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले परियोजना शुरु भएदेखि अहिलेसम्म भएका प्रयास, यसका सम्भावना र चुनौतीका विषयमा प्रस्तुति गरेका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  २ : २२ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो