गोसाइँकुण्डको यात्रा सहज हुँदै « Khabarhub

गोसाइँकुण्डको यात्रा सहज हुँदै


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- उच्च भूभागमा पदमार्ग सुधार भएपछि पवित्र तीर्थ गोसाइँकुण्डको धार्मिक यात्रा सहज भएको छ ।

रसुवाको सदरमुकाम धुञ्चे नजीक त्रिशूली नदीको किनार र गणेशगौँडादेखि गोसाइँकुण्डसम्मको असहज स्थानका पदमार्ग सुधार र होटेल, लज सञ्चालन भएसंँगै अब गोसाइँकुण्डको यात्रा सुरक्षित भएको हो ।

धार्मिक क्षेत्रका उक्त स्थानमा नियमित होटल तथा लज सञ्चालन भएका कारण भोजन तथा बासको राम्रो प्रबन्ध भएको चन्दनबारीका होटल व्यवसायी पासाङर्घिमी तामाङले बताए ।

पदमार्ग सुधारका लागि भर्खरै गोसाइँकुण्डमा नेपाली सेना कालीजङ्ग गणबाट रेलिङ स्थापना एवं धुञ्चेको तिवारी बगर क्षेत्रमा विगतमा विश्व वन्यजन्तु कोष नामक अन्तरराष्ट्रिय गैससबाट बाटो र रेलिङ स्थापना योगदान गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

नेपाली सेनाको आफ्नो आन्तरिक जनशक्तिको उपयोग गरी पदमार्गमा गरेको पूर्वाधार विकासको योगदान जनहितकारी भएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।

जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको छ ।

लौरीविनायकबाट पश्चिम हेर्दा देखिने अग्ला हिमाल तथा प्राकृतिक छटाको मनमोहक दृश्य देखिन्छ ।

पहिले घुमाउरो असहज बाटो नुवाकोटको त्रिशूलीदेखि नै हिँड्नुपर्ने र ओढारको बास बस्नुपर्ने थियो । अहिले काठमाडौँबाट धुञ्चेसम्म नियमित बस सेवाको सुविधाले तीन दिनमै धार्मिक यात्रा सम्पन्न गर्न सकिने वातावरण भएको स्थानीय बासिन्दाले बताएका छन् ।

धुञ्चेबाट शुरू हुने पैदल यात्राका क्रममा तिवारी बगर, खन्ती, देउराली, ढिम्सा, चन्दनबारी, चोलाङ्पाटी, लौरीविना, गणेशगौँडा, तेर्साे ककरोभीर हुँदै गोसाइँकुण्ड पुग्न सहजता आएको छ ।

गङ्गादशहरा र जनैपूर्णिमा पर्वका अवसरमा विशेष मेला लाग्ने भए पनि विसं २०७२ को भूकम्पपछि बाह्रै महिना दर्शनका लागि भक्तजन गोसाइँकुण्ड पुग्ने वातावरण बनिसकेका अवस्थामा हाल कोभिड –१९ का कारण फाट्टफुट्ट मात्र आउने गरेको होटल व्यवसायी तामाङले बताए ।

गोसाइँकुण्ड जाने भक्तजनलाई लौरीका लागि वनस्पति नोक्सान नगर्न नगराउन र फोहरमैला तोकिएको सुरक्षित स्थानमा मात्र फ्याँक्न सबैमा आग्रह गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  २ : ३० बजे

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न