गोसाइँकुण्डको यात्रा सहज हुँदै | Khabarhub Khabarhub

गोसाइँकुण्डको यात्रा सहज हुँदै


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- उच्च भूभागमा पदमार्ग सुधार भएपछि पवित्र तीर्थ गोसाइँकुण्डको धार्मिक यात्रा सहज भएको छ ।

रसुवाको सदरमुकाम धुञ्चे नजीक त्रिशूली नदीको किनार र गणेशगौँडादेखि गोसाइँकुण्डसम्मको असहज स्थानका पदमार्ग सुधार र होटेल, लज सञ्चालन भएसंँगै अब गोसाइँकुण्डको यात्रा सुरक्षित भएको हो ।

धार्मिक क्षेत्रका उक्त स्थानमा नियमित होटल तथा लज सञ्चालन भएका कारण भोजन तथा बासको राम्रो प्रबन्ध भएको चन्दनबारीका होटल व्यवसायी पासाङर्घिमी तामाङले बताए ।

पदमार्ग सुधारका लागि भर्खरै गोसाइँकुण्डमा नेपाली सेना कालीजङ्ग गणबाट रेलिङ स्थापना एवं धुञ्चेको तिवारी बगर क्षेत्रमा विगतमा विश्व वन्यजन्तु कोष नामक अन्तरराष्ट्रिय गैससबाट बाटो र रेलिङ स्थापना योगदान गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

नेपाली सेनाको आफ्नो आन्तरिक जनशक्तिको उपयोग गरी पदमार्गमा गरेको पूर्वाधार विकासको योगदान जनहितकारी भएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।

जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको छ ।

लौरीविनायकबाट पश्चिम हेर्दा देखिने अग्ला हिमाल तथा प्राकृतिक छटाको मनमोहक दृश्य देखिन्छ ।

पहिले घुमाउरो असहज बाटो नुवाकोटको त्रिशूलीदेखि नै हिँड्नुपर्ने र ओढारको बास बस्नुपर्ने थियो । अहिले काठमाडौँबाट धुञ्चेसम्म नियमित बस सेवाको सुविधाले तीन दिनमै धार्मिक यात्रा सम्पन्न गर्न सकिने वातावरण भएको स्थानीय बासिन्दाले बताएका छन् ।

धुञ्चेबाट शुरू हुने पैदल यात्राका क्रममा तिवारी बगर, खन्ती, देउराली, ढिम्सा, चन्दनबारी, चोलाङ्पाटी, लौरीविना, गणेशगौँडा, तेर्साे ककरोभीर हुँदै गोसाइँकुण्ड पुग्न सहजता आएको छ ।

गङ्गादशहरा र जनैपूर्णिमा पर्वका अवसरमा विशेष मेला लाग्ने भए पनि विसं २०७२ को भूकम्पपछि बाह्रै महिना दर्शनका लागि भक्तजन गोसाइँकुण्ड पुग्ने वातावरण बनिसकेका अवस्थामा हाल कोभिड –१९ का कारण फाट्टफुट्ट मात्र आउने गरेको होटल व्यवसायी तामाङले बताए ।

गोसाइँकुण्ड जाने भक्तजनलाई लौरीका लागि वनस्पति नोक्सान नगर्न नगराउन र फोहरमैला तोकिएको सुरक्षित स्थानमा मात्र फ्याँक्न सबैमा आग्रह गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  २ : ३० बजे

गृहमन्त्री अर्याल र चिनियाँ राजदूत साँगबीच भेटवार्ता, एक चीन नीतिप्रति जनाए प्रतिबद्धता

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्याल र नेपालका लागि चिनियाँ राजदूत

गृहमन्त्री अर्यालले बुढाको अनशन तोडाए

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने लगायतका माग

जेन-जीका नाममा भएको हिंसा योजनाबद्ध, संसद् विघटनले संविधन संकटमा (सम्बोधनका मुख्य १५ बुँदा)

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४

२१४ वटा कम्पनीको शेयर मूल्य घट्यो, १९ अंकले घट्यो नेप्से

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भएका

देश छाडेर भागेका राष्ट्रपति राजोलिनाद्वारा राजीनामा दिन अस्वीकार

अन्तानानारिभो– मडागास्करका सङ्कटग्रस्त राष्ट्रपति एन्ड्री राजोलिनाले सोमबार आफ्नो ज्यानमाथि भएको