प्रदेश ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमाथि संशोधन दर्ता « Khabarhub

प्रदेश ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमाथि संशोधन दर्ता


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमा प्रदेशसभाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

नेपाली काँग्रेसका रमा अर्याल र पुष्पा थरूनी तथा जनता समाजवादी पार्टीका सहसराम यादव र पुरमती ढेङ्गा मगरले आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सभामा पेश गर्नुभएको प्रदेश नं ५ को स्थायी राजधानी तोकियोस् भन्ने प्रस्तावमा दफा ६ को उपदफा १ बमोजिम संशोधन दर्ता गराएका हुन् ।

सरकारले प्रदेशको नामकरण लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरिसकेको छ । प्रदेशसभा सदस्य अर्याल र थरूनीले संशोधन प्रस्तावमा प्रदेश ५ को स्थायी राजधानी नवलपरासी, कपिलवस्तु, पाल्पा र रुपन्देही चार जिल्लालाई समेटेर तोक्न माग गरेका छन् ।

यस्तै समाजवादी पार्टीका यादव र मगरले प्रदेश को नामकरण लुम्बिनीको सट्टा थरूहट अवध मगरात राख्न माग गरेका छन् । प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि आज प्रदेशसभामा मतदान हुँदैछ ।

प्रदेशसभाको बैठक जारी

प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभाको बैठक जारी छ ।

बैठकको विशेष समयमा नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले लोकतान्त्रिक मूल्यमान्यता विपरीत प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्ताव आएकाले विरोध जनाएको बताए ।

राजधानीको प्रस्तावभन्दा पनि प्रक्रियाको विरोध गरेको जनाउँदै उहाँले क्षेत्रीयताको भावना राखेर राजधानी घोषणा गर्नु उचित नहुने धारणा राखे ।

“हामी संसदीय व्यवस्थालाई मान्छौं। हामीले राजनीतिक सहमतिका लागि केही दिन रोक्न भनेको थियौँ तर सरकारले नमानेपछि बाध्य भएर विरोध गर्नुप¥यो”, नेता कनौडियाले भने ।

उनले बहुमतको दम्भमा विधि, कानून र प्रक्रिया मिचेर राजधानी जस्तो ऐतिहासिक महत्वको विषय आउँदा पार्टीको असहमति रहेको उल्लेख गरे ।

उनले भने, “देशमा ठूलाठूला राजनीतिक परिवर्तन राजनीतिक पार्टी मिलेर ल्यायौँ तर आज आश्चर्यजनक तरिकाले राजधानीको प्रस्ताव आएको छ । सरकारको यो एकलौटी निर्णय मान्य छैन ।”

प्रदेशको राजधानी दाङ राख्ने विषयमा आपत्ति नभए पनि त्यसको औचित्य पुष्टि गर्न नेता कनौडियाले सरकारसँग आग्रह गरे ।

विपक्षीको पनि सम्मान हुने गरी सहमतिका आधारमा अघि बढ्न सरकारसँग आग्रह गर्दै उनले बहुमतको दम्भमा पेलेर जाने काम राम्रो नभएको धारणा राखे ।

“जनताको अदालतभन्दा कोही ठूलो हुँदैन । आज तपाइँ सत्तामा हुनुहुन्छ भोलि हामी हुन्छौँ”, उनले भने ।

 

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  २ : २९ बजे

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश