प्रदेश ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमाथि संशोधन दर्ता « Khabarhub

प्रदेश ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमाथि संशोधन दर्ता


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमा प्रदेशसभाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

नेपाली काँग्रेसका रमा अर्याल र पुष्पा थरूनी तथा जनता समाजवादी पार्टीका सहसराम यादव र पुरमती ढेङ्गा मगरले आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सभामा पेश गर्नुभएको प्रदेश नं ५ को स्थायी राजधानी तोकियोस् भन्ने प्रस्तावमा दफा ६ को उपदफा १ बमोजिम संशोधन दर्ता गराएका हुन् ।

सरकारले प्रदेशको नामकरण लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरिसकेको छ । प्रदेशसभा सदस्य अर्याल र थरूनीले संशोधन प्रस्तावमा प्रदेश ५ को स्थायी राजधानी नवलपरासी, कपिलवस्तु, पाल्पा र रुपन्देही चार जिल्लालाई समेटेर तोक्न माग गरेका छन् ।

यस्तै समाजवादी पार्टीका यादव र मगरले प्रदेश को नामकरण लुम्बिनीको सट्टा थरूहट अवध मगरात राख्न माग गरेका छन् । प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि आज प्रदेशसभामा मतदान हुँदैछ ।

प्रदेशसभाको बैठक जारी

प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभाको बैठक जारी छ ।

बैठकको विशेष समयमा नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले लोकतान्त्रिक मूल्यमान्यता विपरीत प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्ताव आएकाले विरोध जनाएको बताए ।

राजधानीको प्रस्तावभन्दा पनि प्रक्रियाको विरोध गरेको जनाउँदै उहाँले क्षेत्रीयताको भावना राखेर राजधानी घोषणा गर्नु उचित नहुने धारणा राखे ।

“हामी संसदीय व्यवस्थालाई मान्छौं। हामीले राजनीतिक सहमतिका लागि केही दिन रोक्न भनेको थियौँ तर सरकारले नमानेपछि बाध्य भएर विरोध गर्नुप¥यो”, नेता कनौडियाले भने ।

उनले बहुमतको दम्भमा विधि, कानून र प्रक्रिया मिचेर राजधानी जस्तो ऐतिहासिक महत्वको विषय आउँदा पार्टीको असहमति रहेको उल्लेख गरे ।

उनले भने, “देशमा ठूलाठूला राजनीतिक परिवर्तन राजनीतिक पार्टी मिलेर ल्यायौँ तर आज आश्चर्यजनक तरिकाले राजधानीको प्रस्ताव आएको छ । सरकारको यो एकलौटी निर्णय मान्य छैन ।”

प्रदेशको राजधानी दाङ राख्ने विषयमा आपत्ति नभए पनि त्यसको औचित्य पुष्टि गर्न नेता कनौडियाले सरकारसँग आग्रह गरे ।

विपक्षीको पनि सम्मान हुने गरी सहमतिका आधारमा अघि बढ्न सरकारसँग आग्रह गर्दै उनले बहुमतको दम्भमा पेलेर जाने काम राम्रो नभएको धारणा राखे ।

“जनताको अदालतभन्दा कोही ठूलो हुँदैन । आज तपाइँ सत्तामा हुनुहुन्छ भोलि हामी हुन्छौँ”, उनले भने ।

 

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  २ : २९ बजे

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको