व्यापारी भन्छन्– खाद्यवस्तुको प्याकेटमा भएको मिति हातैले मेटिन्छ « Khabarhub

व्यापारी भन्छन्– खाद्यवस्तुको प्याकेटमा भएको मिति हातैले मेटिन्छ


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटीबाट बल्खुतर्फ लाग्दा प्रहरीचौकी नजिकै शिवज्योती पतञ्जली आयुर्वेद सेवा केन्द्र छ ।

केन्द्रमा निम्बसले मार्केटिङ् गरेको व्यञ्जन व्राण्ड सामान थिए । तीमध्ये पोलिस नगरिएको लेखिएका १ केजी तौलका ९ वटा कालो दालका प्याकेट र ९ प्याकेट नै पापड थियो ।

ती सबैमा लेखिएको मिति हातले सजिलै मेटियो । यी समानसँगै लेवल नराखिएको जौको सातु १० प्याकेट र चिप्स ३१ प्याकेट वरामद गरियो ।

समस्या शिवज्योतीमा मात्र होइन । त्यसै क्षेत्रको आयुषा खाद्य स्टोर बेचेको टमाटो ससको उपभोग्य मिति मेटेर फेरि लेखिएको जस्तो भेटियो ।

बट्टा कुच्चिएका र पुराना थिए । अनुगमन टोलीले १ बट्टा नमूना परीक्षणका लागि लियो भने १३ वट्टा बिक्रीका लागि रोक लगायो ।

प्याकेटमा राखेर बजारमा बिक्री हुने खाद्यबस्तुको उपभोग्य अवधि लेखिएका अक्षर हातैले मेटिने गरेको भेटियो ।

मंगलबार बिहान कालीमाटी क्षेत्रका खाद्य स्टोरहरुमा गरिएको अनुगमनका क्रममा हेरिएका एक दर्जन बढी प्रकारका खाद्य बस्तुमा यस्तो समस्या देखिएको हो ।

त्यस क्षेत्रमा खुल्ला बोरामा हालेर खाद्य बस्तु बेच्न राख्ने गरिएको छ । कसैले प्याकेजिङ् गर्ने गरेका छन् तर खाद्य अनुज्ञा पत्र लिएका छैनन् ।

सामान कसले पठायो ? उनीहरुले बिल किन दिएनन् ?, सामान बिग्रिए कसलाई फिर्ता गर्नुहुन्छ ? उनीहरु व्यापारीहरुले मुख खोल्न चाहेनन् ।

बनस्थलीबाट ५ किलो सुकेका खुर्सानी किन्न आएको भनेर काम बताउने एक खुद्रा उपभोक्ता भन्दै थिए, ‘अनुगमन आको र’छ, र पो आज सबै पसल बन्द रहेछन् । उतै किन्दा महङ्गो पर्छ । अब भोलि फेरि आउनुपर्ला ।’

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : ०३ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग