कोरोना परीक्षणमा ‘एन्टिजेन वेस टेस्टिङ’ विधि लागू गरिँदै « Khabarhub

कोरोना परीक्षणमा ‘एन्टिजेन वेस टेस्टिङ’ विधि लागू गरिँदै


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना परीक्षणमा एन्टिजेन वेस टेस्टिङ विधि लागु गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना परीक्षण सम्बन्धि निर्देशिका (राष्ट्रिय टेस्टिङ गाइडलाइन) परिमार्जन गर्दै एन्टिजेन वेस टेष्ट विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौमतले एन्टिजेन टेष्ट विधिबाट छिटो र थोरै समयमा धेरै व्यक्तिको कोरोना परीक्षण गर्न सकिने बताए ।

उनले विशेषगरी मास स्क्रिनिङको लागि एन्टिजेन टेष्ट प्रभावकारी हुने पनि जानकारी दिए ।

‘प्रहरीको ब्यारेक वा ठूलो संख्यामा परीक्षण गर्नुछ भने मास स्क्रिनिङको लागि एन्टिजेन वेस टेस्टिङ प्रयोग गर्न सक्छौं’, डा गौतमले भने ।

यस्तै अस्पतालमा आउने बिरामीहरुका लागि छिटो रिपोर्ट चाहिने हुँदा उनीहरुका लागि पनि एन्टिजेन टेष्ट प्रभावकारी हुने डा गौतमले बताए ।

एन्टिजेन टेष्टमा पोजेटिभ आउनेहरुलाई पीसीआर परीक्षण गर्दा पोजेटिभ आएजस्तै मानिने उनले बताए । लक्षण नभएका व्यक्रिहरुमा कोरोना पोजेटिभसँग कन्ट्याकमा पनि आएको छैन भने पीसीआर परीक्षण नगरिने पनि बताए ।

यस्तै एन्टिजेन टेष्टमा नेगेटिभ आएमा तर उनीहरुमा कोरोनाको लक्षण भएमा पीसीआर परीक्षण पनि गरिने उनले बताए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ६ : ०७ बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

न्युयोर्क– परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक