परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल « Khabarhub

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा शिष्टाचार भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा आयोजित साइडलाइन बैठकमा दुवै नेताबीच द्विपक्षीय हितका विषयमा छलफल भएको हो।

भेटका क्रममा नेपाल-अमेरिकाबीचको सात दशकभन्दा लामो मैत्रीपूर्ण सम्बन्धका विविध पक्षका साथै सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको थियो। विशेष गरी हालै भोटेकोशीमा आएको भीषण बाढीका कारण पुगेको क्षति, प्रभावित क्षेत्रमा सञ्चालित राहत, उद्धार र पुनर्निर्माणका प्रयासबारे विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा प्राकृतिक विपद्पछिको उद्धार, राहत, पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माणका प्रयासमा अमेरिकाले निरन्तर पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने विषयमा दुवै पक्ष सहमत भएका छन् ।

भेटवार्तामा दुवै पक्षले दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै विपद् व्यवस्थापन, पूर्वाधार पुनर्निर्माण र जलवायु अनुकूलनका क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ७ : ०६ बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक