क्लासिक लिजेन्ड्सद्वारा नेपाल प्रवेशको घोषणा, ‘जावा’ र ‘जावा फोर्टी टु’ उपलब्ध हुने « Khabarhub

क्लासिक लिजेन्ड्सद्वारा नेपाल प्रवेशको घोषणा, ‘जावा’ र ‘जावा फोर्टी टु’ उपलब्ध हुने


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतभर फैलिएको व्यापक डिलरसिप नेटवर्कबाट आफ्ना तीन नयाँ जावा मोडलहरूले प्राप्त गरेको क्लासिक लेजेन्ड्सले नेपाली बजारमा आफ्नो पदचिन्ह विस्तार गर्ने भएको छ ।

क्लासिक लेजेन्ड्सले अग्नि मोटोइन्क प्रा.लि.लाई नेपालका लागि आधिकारिक वितरक–साझेदारका रूपमा नियुक्त गरेको छ ।

यो अग्नि समूहको सहायक कम्पनी हो र नेपालमा महिन्द्रा युटिलिटी सवारी साधन, ट्रयाक्टर, थ्रि व्हीलर, इलेक्ट्रिक कार र पावरोल जेनेरेटरको एक मात्र अधिकारिक वितरक हो । यसको सञ्चालन सन् २०२० को अक्टोबर महिनाबाट सुरुवात हुनेछ ।

कम्पनीले नेपालमा सुरुमा आफ्नो जावा र जावा फोर्टी टु मोडेल उपलब्ध गराउने छ । यो कदमसहित क्लासिक लिजेन्डस्ले नेपालमा जावा अनुशरणकर्ताहरूका लागि आफ्ना लोकप्रिय मोडेलहरू सुलभ ढंगले पहुँच हुनेगरी प्रस्तुत गर्नेछ र उनीहरूलाई ‘जावा लाइफ’को अनुभव गर्ने मौका प्रदान गर्दछ ।

यो घोषणा गर्दै क्लासिक लेजेन्ड्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत आशिष सिंह जोशीले भने, “जब हामीले भारतमा नयाँ जाभा मोडलहरूका लागि अदभूतपूर्व प्रेम, चासो र माग सहित सफलता हासिल गर्‍यौं, त्यस बेला हामीलाई नेपालमा पनि यस्तो स्नेह प्राप्त हुने थाह भयो । हामी नेपालमा आफ्नो सञ्चालन विस्तारका क्रममा यहाँ हाम्रा जावा र जावा फोर्टी टु गरी दुईवटा मोडेलहरू प्रस्तुत गर्दैछौं, हामी देशका सबै क्लासिक मोटरसाइकल प्रेमीहरूलाई इतिहासको एक हिस्सा सहित एउटा अद्वितीय स्वाभित्व अनुभवका साथ हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्दछौं ।”

कार्यक्रममा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्री क्याबिनेट श्रेष्ठले भने, “यसले हामीलाई क्लासिक लेजेन्ड्सका जावा मोटरसाइकलहरु नेपालमा ल्याउनमा ठूलो गर्व प्रदान गरेको छ । हामी हाम्रो देशका मोटरसाइकल प्रेमीहरूका लागि यी क्लासिक मोटरसाइकल ल्याउन पाउँदा उत्साहित भइरहेका छौं ।

एउटा प्रमाणिक र आइकोनिक ब्रान्ड जावाप्रति निकै म निकै आशावादी छु, यसले मोटरसाइकल प्रेमीहरूकोे स्वतन्त्र भावनालाई निश्चित रूपले पूर्ति गर्दछ र नयाँ जावाको पौराणिक क्लासिक अझै टे«न्डी देखिएको छ र यसको सबल निर्माण विशेषताले गर्दा नेपालका हाम्रा ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेमा म विश्वस्त छु ।”

जावा मोटरसाइकल सुरुमा काठमाडौंको उत्तरढोका र टेकु स्थित सोरुहरुमा उपलब्ध हुनेछ र नेटवर्क विस्तारै देशभर विस्तार हुनेछ । यी मोटरसाइकल कम्प्लिट्ली ब्युल्ड युनिट (सीबीयू) प्रविधिमा नेपाल ल्याइने छ ।

निकट भविष्यमा योजनाबद्ध रुपमा बिक्रीकक्ष काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणघाट, लहान, नेपालगन्ज र बुटवल जस्ता प्रमुख शहरहरूमा पूर्ण रूपमा सञ्चालनमा आएपछि यी शहरहरूका ग्राहकहरूले आफ्नै शहरहरूमा आइकोनिक मोडलका जावा र जावा फोर्र्टी टु गरी दुई मोटरसाइकलहरूको बुकगर्न र टेस्टराईड गर्न सक्नेछन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : ४१ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको