जानीराखौं, यी हुन तामाको भाँडोको पानी पिउनुका फाइदा « Khabarhub

जानीराखौं, यी हुन तामाको भाँडोको पानी पिउनुका फाइदा


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । यसका फाइदा यस्ता छन् :

तौल घटाउन

तौल घटाउनका लागि फल र सागपातलाई आहारमा समावेश गरेर तपाईं थाकिसक्नुभएको छ भने तामाको भाँडोमा राखिएको पानी दिनदिनै पिउने गर्नुस् । तामामा पाचनतन्त्रलाई आकारमा ल्याउने क्षमता हुन्छ । यसले शरीरमा छिट्टो र प्रभावकारी तरिकाले बोसो घटाउन मद्दत गर्छ ।

बुढ्यौलीको लक्षण रोक्न

तामामा एन्टीअक्सिडेन्ट हुन्छ जसले कोषिकाको झिल्लीलाई सुरक्षित राख्छ । यसले उमेर बढ्ने गतिलाई ढिलो बनाउँछ । तामाको भाँडोमा पानी पिउँदा अनुहारमा मुजा पर्ने समस्या आउँदैन । अनि अनुहारमा भएका मृत छाला पनि भाग्छन् ।

घाउ भर्न

तामामा एन्टीब्याक्टेरियल र एन्टीभाइरल गुण भरपूर हुन्छ । यसले घाउ छिट्टो भरिन्छ । तामाले शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ अनि पेटमा हुने अनेकौं आन्तरिक संक्रमणको उपचार गर्छ ।

क्यान्सर कम

शरीरमा भएका कणले क्यान्सर कोशिकालाई विकसित गर्छन् । तामामा भएको शक्तिशाली एन्टीअक्सिडेन्ट गुणले यी कणहरूलाई समाप्त पारिदिन्छन् र शरीरमा तिनको नकारात्मक प्रभावलाई कम गरिदिन्छन् । दिनदिनै तामाको भाँडोमा पानी पिउनुस् ।

मेलेनिन वृद्धि

तामाले मेलेनिनको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । मेलेनिनले नै आँखा, छाला र कपालको रंग दिने हो । शरीरलाई सूर्यको कडा किरणबाट बचाउन र घाउ निको पार्न मेलेनिन आवश्यक हुन्छ ।

रक्ताल्पता

शरीरमा रगतको कमी हुँदा थकान, मांसपेशीमा पीडा, कमजोरी र पाचन समस्या जस्ता लक्षण देखापर्छन् । तामाको भाँडोमा पानी पिउँदा फाइदा हुन्छ । तामाले शरीरमा कोषिका निर्माण गर्छ र रगतको कमी पूरा गर्छ ।

मिर्गौला र कलेजो

शरीरको आन्तरिक सफाइका लागि तामाको पानीले सहायता गर्छ । यसले मिर्गौला र कलेजोलाई स्वस्थ राख्छ । तिनीहरूलाई संक्रमणबाट बचाउनका लागि तामाको पानी लाभदायक हुन्छ ।

थाइरोइड ग्रन्थी

तामामा खनिज पदार्थ भरपूर हुन्छ । यसले थाइरोइड भगाउँछ । थाइरोइड ग्रन्थीलाई सही कार्यान्वयन गराउन तामाले मद्दत गर्छ ।

स्मरणशक्ति बलियो

तामाले दिमागलाई उत्तेजित गरेर त्यसलाई सक्रिय बनाउन मद्दत गर्छ । दिनदिनै तामाको भाँडोमा पानी राखेर पिउँदा स्मरणशक्ति बलियो हुन्छ र दिमाग स्वस्थ रहन्छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ७ : २६ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक