कुवेतमा सवारी दुर्घटना, एउटै कम्पनीमा कार्यरत दुई नेपालीको मृत्यु « Khabarhub

कुवेतमा सवारी दुर्घटना, एउटै कम्पनीमा कार्यरत दुई नेपालीको मृत्यु



दोहा- कुवेतमा  भएको सवारी दुर्घटनामा एउटै कम्पनीमा कार्यरत दुई नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेमा जाजरकोटका दीपक सिंह ठकुरी र नेपालको ठेगाना नखुलेका पल बहादुर पुन रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

कुवेतको सीजीजीसी कम्पनीमा कार्यरत रहेका उनीहरु काम सकेर कोठा फर्किने क्रममा दुर्घटनामा परेका थिए ।

दूतावासका अनुसार कम्पनीको बसलाई बिपरित दिशाबाट आईरहेको मालवाहक गाडीले ठक्कर दिदा दुर्घटना भएको जनाएको छ । उपचारका क्रममा ठकुरीको नोभेम्बर ४ तारिखमा र पुनको  नोभेम्बर ५ तारिखका दिन मृत्यु भएको जनाएको छ ।

३ वर्षदेखि कुवेतमा कार्यरत रहेका मृतक ठकुरीको घरमा छोरा, छोरी र श्रीमती रहेका छन् भने मृतक पुन ठेगाना खुल्न सकेको छैन । कम्पनीसँग समन्वय गरेर उनीहरुको शवलाई नेपाल पठाइने दूतावासले जनाएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : ३० बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने