कोरोनाले विश्वभर एकैदिन ६ लाखभन्दा बढीमा संक्रमण | Khabarhub Khabarhub

कोरोनाले विश्वभर एकैदिन ६ लाखभन्दा बढीमा संक्रमण


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको संक्रमणले विश्वभर एकैदिन ६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित संख्यामा दैनिक बृद्धि हुँदै गएको छ ।

पछिल्लो २४ घण्टा ६ लाख २ हजार १२४ जनामा संक्रमण भएको छ । यसमध्ये ३ लाख १० हजार ७०७ जना संक्रमित युरोपका मात्रै छन् ।

नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ७०७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ३८ हजार ८१५ पुगेको छ ।

युरोपेली मुलुकमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार ६५३ जनाको मृत्यु भएको छ । योसँगै युरोपेली मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ८२ हजार ८६२ पुगेको छ ।

अहिलेसम्म कुल संक्रमितमध्ये ३ करोड ४९ लाख ७४ हजारभन्दा बढी निको भएका छन् । उपचार गराइरहेका १ करोड २७ लाख ९४ हजार ६८८ मध्ये ९० हजार ४५ को अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : ४५ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु