कोरोनाले विश्वभर एकैदिन ६ लाखभन्दा बढीमा संक्रमण « Khabarhub

कोरोनाले विश्वभर एकैदिन ६ लाखभन्दा बढीमा संक्रमण


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको संक्रमणले विश्वभर एकैदिन ६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित संख्यामा दैनिक बृद्धि हुँदै गएको छ ।

पछिल्लो २४ घण्टा ६ लाख २ हजार १२४ जनामा संक्रमण भएको छ । यसमध्ये ३ लाख १० हजार ७०७ जना संक्रमित युरोपका मात्रै छन् ।

नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ७०७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ३८ हजार ८१५ पुगेको छ ।

युरोपेली मुलुकमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार ६५३ जनाको मृत्यु भएको छ । योसँगै युरोपेली मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ८२ हजार ८६२ पुगेको छ ।

अहिलेसम्म कुल संक्रमितमध्ये ३ करोड ४९ लाख ७४ हजारभन्दा बढी निको भएका छन् । उपचार गराइरहेका १ करोड २७ लाख ९४ हजार ६८८ मध्ये ९० हजार ४५ को अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : ४५ बजे

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

काठमाडौं- आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका

वर्षमानले मागे- गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी