नेकपा विवादमा एक पक्षलाई साथ दिने राष्ट्रपतिको सक्रियता गलत : रावल « Khabarhub

नेकपा विवादमा एक पक्षलाई साथ दिने राष्ट्रपतिको सक्रियता गलत : रावल


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले पार्टीमा देखिएको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताको विरोध गरेका छन् ।

नेकपाको आन्तरिक समस्यामा राष्ट्रपति भण्डारीले एक पक्षलाई साथ दिएर पदको मर्यादा उलंघन र स्थापित प्रणालीको अवज्ञा गरेको उनको ठहर छ ।

राष्ट्रपति भण्डारीले गृहमन्त्री सदस्य रामबहादुर थापा र नेकपा उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर नेकपाको विवाद समाधानमा भूमिका खेल्न आग्रह गरेको बाहिरिएसँगै रावलले ट्वीटरमार्फत राष्ट्रपतिको आलोचना गरेका हुन् ।

रावलले ट्वीटमा भनेका छन्, ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ। यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।’

 

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ९ : ३८ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण