विराटनगरमा उपचाररत दुई संक्रमित महिलाको मृत्यु « Khabarhub

विराटनगरमा उपचाररत दुई संक्रमित महिलाको मृत्यु


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- कोरोना संक्रमित दुई महिलाको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ ।

धनकुटा–४ की ३२ वर्षीया महिलाको कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा आज बिहान ८:१५ बजेतिर मृत्यु भएको हो ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा बिहीबार कोरोना पुष्टि भएपछि उनलाई साँझ उपचारका लागि भर्ना गरिएको थियो । ती महिलामा श्वासप्रश्वासको समस्या पनि रहेको बस्नेतले बताए ।

यस्तै विराटनगर महानगरपालिका–७ की ५१ वर्षीया महिलाको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ ।

ती महिलाको बिहान ८ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए ।

कोरोना  पोजेटिभ देखिएपछि ती महिलालाई गत बुधबार अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको आचार्यले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १० : ४७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका