नेकपा अन्तर्विरोध : प्रचण्डले दिउँसो ३ बजेलाई बोलाए सचिवालय बैठक « Khabarhub

नेकपा अन्तर्विरोध : प्रचण्डले दिउँसो ३ बजेलाई बोलाए सचिवालय बैठक


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवाल बैठक बोलाएका छन् ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा पार्टी भित्रको आन्तरिक गतिविधिका विषयमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले भने, ‘आज सचिवालयको अनौपचारिक बैठक हो । दिउँसो ३ बजे धुम्बाराहीमा छलफल हुनेछ । समग्रमा पार्टीको आन्तरिक गतिविधिका विषयमा कुराकानी हुनेछ ।’

प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन पटक पटक आग्रह गरेपनि ओलीले बैठक नबोलाएपछि प्रचण्डले सचिवालयका सदस्यलाई पार्टी केन्द्रीय कार्यालयमा बोलाएका हुन् ।

नेकपाको सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, इश्वर पोखरेल र रामबहादुर थापा बादल सदस्य छन् ।

आजको बैठकपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

शुक्रबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका नेकपा संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङलाई पनि अध्यक्ष प्रचण्डले सचिवालय सदस्यसँग छुट्टै छलफल गर्ने जानकारी दिएका छन् ।

भेटका क्रममा प्रचण्डले पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै प्रधानमन्त्रीले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका थिए । आजको सचिवालय बैठकमा प्रधानमन्त्री ओली बाहेक अन्य सबैलाई निम्तो गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ११ : ४९ बजे

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को