२४ घण्टा नपुग्दै युट्युबको ट्रेन्डिङ एकमा पुग्यो अनमोल र सुहानाको फिल्म « Khabarhub

२४ घण्टा नपुग्दै युट्युबको ट्रेन्डिङ एकमा पुग्यो अनमोल र सुहानाको फिल्म


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ३’ २४ घण्टा नपुग्दै युट्युबको नम्बर एक ट्रेन्डिङमा उक्लेको छ ।

झरना थापाको निर्देशनमा तयार भएको यो फिल्म २२ घण्टामा १४ लाख ६० हजारले हेरेका छन् । दिपावलीको अवसर पारेर सार्वजनिक गरिएको यो फिल्मले युट्युब प्रयोगकर्ताबाट राम्रो प्रतिक्रिया समेत बटुलेको छ ।

‘आजसम्म यति राम्रो फिल्म मैले हेरेको नै थिएन, मन सम्हाल्नै सकिन र धेरै बेर रोएँ,’ एक प्रयोगकर्ताले प्रतिक्रिया छाडेका छन् ।

फिल्ममा अनमोल केसीले एक सुपरस्टार गायकको भूमिका निर्वाह गरेका छन् भने सुहाना थापा फ्यानको भूमिकामा छिन् ।

युट्युब प्रयोगकर्ताले अनमोल र सुहानाको जोडी मन परेको प्रतिक्रिया दिएका छन् । हलमा पनि सुपरहिट भएको यो फिल्मले समीक्षकबाट भने राम्रो प्रतिक्रिया पाएको थिएन ।

यो समाचार तयार पार्दासम्म युट्युबमा ७ हजार ५ सयले कमेन्ट गरेका छन् भने १ लाखले लाइक गरेका छन् । त्यस्तै ४ हजार बढीले डिसलाइक गरेका छन् ।

सुनील कुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १२ : ०६ बजे

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश