२४ घण्टा नपुग्दै युट्युबको ट्रेन्डिङ एकमा पुग्यो अनमोल र सुहानाको फिल्म « Khabarhub

२४ घण्टा नपुग्दै युट्युबको ट्रेन्डिङ एकमा पुग्यो अनमोल र सुहानाको फिल्म


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ३’ २४ घण्टा नपुग्दै युट्युबको नम्बर एक ट्रेन्डिङमा उक्लेको छ ।

झरना थापाको निर्देशनमा तयार भएको यो फिल्म २२ घण्टामा १४ लाख ६० हजारले हेरेका छन् । दिपावलीको अवसर पारेर सार्वजनिक गरिएको यो फिल्मले युट्युब प्रयोगकर्ताबाट राम्रो प्रतिक्रिया समेत बटुलेको छ ।

‘आजसम्म यति राम्रो फिल्म मैले हेरेको नै थिएन, मन सम्हाल्नै सकिन र धेरै बेर रोएँ,’ एक प्रयोगकर्ताले प्रतिक्रिया छाडेका छन् ।

फिल्ममा अनमोल केसीले एक सुपरस्टार गायकको भूमिका निर्वाह गरेका छन् भने सुहाना थापा फ्यानको भूमिकामा छिन् ।

युट्युब प्रयोगकर्ताले अनमोल र सुहानाको जोडी मन परेको प्रतिक्रिया दिएका छन् । हलमा पनि सुपरहिट भएको यो फिल्मले समीक्षकबाट भने राम्रो प्रतिक्रिया पाएको थिएन ।

यो समाचार तयार पार्दासम्म युट्युबमा ७ हजार ५ सयले कमेन्ट गरेका छन् भने १ लाखले लाइक गरेका छन् । त्यस्तै ४ हजार बढीले डिसलाइक गरेका छन् ।

सुनील कुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १२ : ०६ बजे

विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

बागलुङ– बागलुङका विपद् सङ्कटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको