कोरोनाबाट वडाध्यक्षको मृत्यु « Khabarhub

कोरोनाबाट वडाध्यक्षको मृत्यु


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कोरोना सङ्क्रमित कैलालीको गौरीगङ्गा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा उपचाररत ७३ वर्षीय शाहको बिहान मृत्यु भएको नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले जानकारी दिए ।

बिरामी हुनु भएपछि कात्तिक १७ गते नमूना जाँच गराउँदा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनी तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। यसैबीच कोरोनाको सङ्क्रमण भई धनगढीमा उपचाररत सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको उनका स्वकीय सचिव जङ्गबहादुर विकले जानकारी दिए ।

“मन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेपनि सुधार आउन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको छ”, विकले भने, “धनगढीमा होम आइसोलेशनमा बसिरहनुभएका मन्त्री शाहलाई नाकबाट रगत बगेपछि बुधबार सेती प्रादेशिक अस्पतालमा उपचार व्यवस्थापन गरिएको थियो ।”

मन्त्री शाहसहित उनकी धर्मपत्नी र गाडी चालकमा यही कात्तिक १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा गुणराज अवस्थी चिसो मौसममा कोरोना सङ्क्रमण दर गर्मी मौसमको भन्दा बढ्न सक्ने जोखिम रहेको बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १२ : ३९ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,