लकडाउनविरुद्ध प्रदर्शनमा सहभागी १०४ जना पक्राउ « Khabarhub

लकडाउनविरुद्ध प्रदर्शनमा सहभागी १०४ जना पक्राउ


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतको राजधानी लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका १०४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि सरकारले दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेकाले त्यस विरुद्ध बिहीबार हजारौँले प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा उत्रिएकाहरुलाई तत्काल भिडभाडबाट भाग्न र घरघर जान प्रहरी अधिकारीहरुले निर्देशन दिएका थिए । निर्देशन दिँदा पनि अवज्ञा गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरी कमाण्डर जोन कोन्नर्सले कोरोनाभाइरस विरुद्ध लागु गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरुको उल्लंघन गरेकाहरुलाई पक्राउ गरिएको स्पष्ट पारे ।

‘हाम्रो मुख्य जिम्मेवारी लण्डनलाई सुरक्षित राख्नु हो, त्यसका लागि हामीले भिडभाड गर्न नदिने नियम लागु गरेका छौँ, केही व्यक्तिहरुले त्यसलाई अटेरी गर्नुभयो, त्यसैले हामीले पक्राउ गरेका हौँ,’ उनले भने ।

झण्डै आठ महिना लामो महामारीका क्रममा बेलायतमा पटक पटक लकडाउन गरिएको छ र त्यसको अस्थालाई कहिले खुकुलो र कहिले कसिलो बनाउने गरिएको छ ।

केही हप्ता अगाडि महामारी फेरी बढ्न थालेपछि सरकारले लकडाउनलाई फेरी कडाइ गर्ने घोषणा गरेको हो ।

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी घोषणा गरेको छ । संगठनका अनुसार महामारीका कारण विश्वभरी अहिलेसम्म चार करोड ९० लाख ५६ हजार ६६४ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी १२ लाख ३९ हजार ९९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने तीन करोड ५० लाख एक हजार ६२४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले मुक्त भइसकेका छन् ।

विश्वभरी अहिलेपनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या एक करोड २८ लाख १५ हजार ४९ रहेको छ । ती मध्ये झण्डै एक प्रतिशत मात्रै गम्भीर अवस्थामा रहेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १ : ५३ बजे

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९