काष्ठमण्डप बैशाख १२ गते उद्घाटन गरिने | Khabarhub Khabarhub

काष्ठमण्डप बैशाख १२ गते उद्घाटन गरिने


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऐतिहासिक काष्ठमण्डप बैशाख १२ गते उद्घाटन हुने भएको छ ।

२०७२ साल बैशाख १२ को गएको  भुकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डप आउँदो बैशाख १२ गतेकै दिन उद्घाटन गर्ने तयारी भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै मितिमा उद्घाटन गरिने जानकारी दिए । आज दिउँसो शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसंग काष्ठमण्डप पुननिर्माणको प्रगतिको बारेमा जानकारी लिन वसन्तपुर दरबारक्षेत्र पुगेका  मन्त्री ज्ञवालीले बैशाख १२ गते उद्घाटनगर्ने जानकारी गराए ।

काष्ठमण्डप पुनःनिर्माणको अवस्थाबारे जानकारी लिदै परराष्ट्रमन्त्री ज्ञवालीले हालसम्मको प्रगतिको खुलेर प्रशंसा गरेका थिए ।

‘काष्ठमण्डपको पुननिर्माणको अवस्था देख्दा स्थानीय जनता सहितको सहभगितामा सम्पदा निर्माणमा नमुना स्थापित भएको देखेको छु–उनले भने ।

मौलिक परम्परालाई जोगाएर तिब्रताका साथ काम भएको देख्दा सरकारको तर्फबाट मैले धन्यबाद दिनैपर्छ, यस्ता सम्पदा पुननिर्माणमा स्थानीय जनताको सहभागिता मुख्य देन हो–उहाको भनाई थियो ।

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काष्ठमण्डप क्षतिग्रस्त भएको दिन बैशाख १२ गते १२ बजे नै उद्घाटन गर्ने गरी तयारी भैरहेको बताए ।

स्थानीयको समेत सहभागितामा काष्ठमण्डप पुननिर्माण समिति मार्फत पुनःनिर्माण गर्न शुरु देखिनै पहल थालेका मन्त्री श्रेष्ठले हालसम्मको प्रगति देखेर खुसी व्यक्त गरे ।

काष्ठमण्डप पुननिर्माण समितिका संयोजक एवं वागमती प्रदेश सांसद राजेश शाक्यले केही प्राविधिक समस्या आएपनि तोकिएकै समयमा पुननिर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ७ : ०० बजे

बाढी आउनसक्ने भन्दै जलविद्युत् आयोजनालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई

कांग्रेसलाई गुट-उपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र देखिएको गुटउपगुटको अन्त्य गर्नुपर्नेमा

‘विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौं’

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जारी

महाभारत गाउँपालिका अध्यक्षले बुझाए गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

काभ्रे– काभ्रेपलाञ्चोक जिल्लाको विकट महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गृहमन्त्री

तरकारी र खसीबोका बिक्रीबाट महाशीलामा भित्रियो साढे तीन करोड

पर्वत– पर्वतको महाशिला गाउँपालिका किसानले तरकारी र खसीबोका बिक्री गरेर