भाइटीकापछि खुलामञ्चमा निःशुल्क खाना खुवाउने कार्य बन्द गरिने  « Khabarhub

भाइटीकापछि खुलामञ्चमा निःशुल्क खाना खुवाउने कार्य बन्द गरिने 


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगर क्षेत्रभित्रका विभिन्न सार्वजनिक र भिडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्य तिहारको भाइटीकाको भोलिपल्टबाट बन्द हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

महानगर र निःशुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच आज भएको छलफलमा भाइटीका पछिन खुलामञ्चमा खाना खुवाउने काम बन्द गर्ने सहमति भएको हो ।

लकडाउनपछि खुलामञ्चमा भोजन सेवा सञ्चालन गरिरहँदा कोभिड–१९ संक्रमण झन बढ्न सक्ने, स्वास्थ्यवद्र्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने कुरालाई मध्यनजर गर्दै महानगरपालिका र भोजन सेवा गराउँदै आएका संघ–संथाले खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्ने सहमति गरेका हुन् ।

सहमतिअनुसार खुलामञ्चलगायतका स्थानमा खाना खुवाउँदै आएका संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्नुपर्नेछ ।

‘खुल्लामञ्चलगायतका सार्वजनिक खुला स्थानमा खाना खुवाउने कार्य बन्द गरी अन्य बन्द संरचना भित्र खाना खुवाउने प्रवन्ध मिलाउने,’ सहमतिपत्रमा भनिएको छ,’ ‘यसका लागि खाना खुवाउँदै आउनु भएका संघ–संस्था वा अभियन्ताहरुले २०७७ को भाइटीकाको दिनसम्म बैकल्पिक व्यवस्था गरी काठमाडौँ महानगरपालिका तथा सम्वद्ध वडाको समन्वयमा आवश्यक व्यवस्था मिलाउने ।’

सहमतिमै भाइटीकाको भोलिपल्टबाट खुलामञ्चको भोजन सेवा पूर्णरुपमा बन्द गर्ने र खुला मञ्चको सट्टा बैकल्पिक स्थान आवश्यक परे त्यस्ता बन्द स्थल पहिचान गरी त्यस क्षेत्रमा काठमाडौँ महानगरपालिकाको सहयोग एवं समन्वयमा गर्ने उल्लेख छ ।

सम्झौतापत्रमा हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एशोसियशन, लायन्स क्लव अफ काठमाडौँ न्यु ग्रिन सिटी, हाम्रो सानो प्रयास, हाम्रो सानो टिम नेपाल, गसिव क्वीन नेपाल, १०० ग्रुपलगयतका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि काठमाडौँ महानगरपालिका मानवीय सेवाका निरन्तर लागेको स्मरण गराएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ७ : २५ बजे

हिउँदे बर्सातले किसानमा खुसी

भोजपुर– लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह

एन्फा राष्ट्रिय लिगमा लालीगुराँसको जित

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसन क्लबले चित्लाङ

होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण रणनीतिक स्ट्रेट अफ होर्मुज अवरुद्ध

पर्यटक सुरक्षाका लागि प्रहरीलाई मोटरसाइकल

काठमाडौं– पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन

‘हर्क साम्पाङले मजस्तो कर्णालीको भुइँमान्छेलाई विश्वास गर्नुहुन्छ भन्ने सोचेकै थिइनँ’

काठमाडौं– जेन–जी आन्दोलनपछि सरकार गठन गर्ने क्रममा प्रधानमन्त्री बन्ने आकांक्षा