पूर्वमन्त्री बडुसहित काँग्रेसका पाँच केन्द्रीय सदस्यलाई कोरोना संक्रमण  « Khabarhub

पूर्वमन्त्री बडुसहित काँग्रेसका पाँच केन्द्रीय सदस्यलाई कोरोना संक्रमण 


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसका पाँच जना केन्द्रीय सदस्यलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडु , केन्द्रीय सदस्य सुरेन्द्र पान्डे , केन्द्रीय सदस्य एवं सांसदय सुजाता परियार, केन्द्रीय सदस्य किरण यादव, केन्द्रीय सदस्य मोहमद नसिर सिद्दिकी, र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलाई कोरोना पोजिटिभ देखिएको हो ।

कोरोना सक्रमण देखिएका सबैजना होम आइसोलेसनमा बसेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

शुक्रबारका लागि निर्धारित केन्द्रीय कार्यसमिति बैठकका लागि केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीयको कोरोना परीक्षण गरिएको थियो ।

पार्टी विवाद समाधान नहुँदा र केन्द्रीय सदस्यमा कोरोना देखिएपछि २४ गतेका लागि बैठक सारिएको छ । यस्तै काँग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर पनि कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका छन्।

यस्तै केन्द्रीय सदस्य मिन बिश्वक्रम पनि कोरोना संक्रमणपछि अस्पतालमा छन् । उनको पछिल्लो कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको भएपनि उनी अस्पतालमै उपचाररत छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ८ : १४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका