विहारमा विधानसभा निर्वाचन : नेपाल-भारत सीमा ४८ घण्टाका लागि बन्द « Khabarhub

विहारमा विधानसभा निर्वाचन : नेपाल-भारत सीमा ४८ घण्टाका लागि बन्द


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगंज- विधानसभा चुनाव अन्तर्गत विहारमा तेस्रो तथा अन्तिम चरणको निर्वाचन शनिबार हुँदैछ।

शनिबार चुनाव हुने भएपछि नेपाल-भारत दुबै देशको सीमा शुक्रबार बिहान ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म ४८ घण्टाको लागि बन्द गरिएको छ।

दुबै देशका सुरक्षा अधिकारीले यसअघि कलैयामा भएको बैठकको निर्णय अनुसार तीन पटकको चुनावको बेला ४८ घण्टा सीमा बन्द गर्ने निर्णय भएको थियो।

विहारका उत्तरी १५ जिल्लाहरूमा पश्चिम चम्पारण, पूर्व चम्पारण, सीतामढी, मधुवनी, सुगौली, अरिया, मधेपुरा, पूर्णिया, कटिहार, किशनगंज, सहरसा, दरभंगा, बैशाली, मुज्जफरपुर र समस्तीपुर जिल्लामा चुनाव हुँदैछ।

७८ सिटमा वाल्मिकीनगर, रामनगर, नरकटियागंज, बागाहा, लौरिया, सिकटा, रक्सौल, सुगौली, चिरैया, ढाका, रीगा, बथनाहालगायत क्षेत्रमा चुनाव हुँदैछ।

२४३ कुल विधानसभा सिटमध्ये यसअघि पहिलो र दोस्रो चरणमा क्रमशः ७१ र ८४ सिटका लागि चुनाव भइसकेको छ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ८ : ०१ बजे

चितवनका ७२ जनामा क्षयरोग पुष्टि

चितवन- चितवन जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु