विहारमा विधानसभा निर्वाचन : नेपाल-भारत सीमा ४८ घण्टाका लागि बन्द | Khabarhub Khabarhub

विहारमा विधानसभा निर्वाचन : नेपाल-भारत सीमा ४८ घण्टाका लागि बन्द


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगंज- विधानसभा चुनाव अन्तर्गत विहारमा तेस्रो तथा अन्तिम चरणको निर्वाचन शनिबार हुँदैछ।

शनिबार चुनाव हुने भएपछि नेपाल-भारत दुबै देशको सीमा शुक्रबार बिहान ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म ४८ घण्टाको लागि बन्द गरिएको छ।

दुबै देशका सुरक्षा अधिकारीले यसअघि कलैयामा भएको बैठकको निर्णय अनुसार तीन पटकको चुनावको बेला ४८ घण्टा सीमा बन्द गर्ने निर्णय भएको थियो।

विहारका उत्तरी १५ जिल्लाहरूमा पश्चिम चम्पारण, पूर्व चम्पारण, सीतामढी, मधुवनी, सुगौली, अरिया, मधेपुरा, पूर्णिया, कटिहार, किशनगंज, सहरसा, दरभंगा, बैशाली, मुज्जफरपुर र समस्तीपुर जिल्लामा चुनाव हुँदैछ।

७८ सिटमा वाल्मिकीनगर, रामनगर, नरकटियागंज, बागाहा, लौरिया, सिकटा, रक्सौल, सुगौली, चिरैया, ढाका, रीगा, बथनाहालगायत क्षेत्रमा चुनाव हुँदैछ।

२४३ कुल विधानसभा सिटमध्ये यसअघि पहिलो र दोस्रो चरणमा क्रमशः ७१ र ८४ सिटका लागि चुनाव भइसकेको छ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ८ : ०१ बजे

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर