सिरी ए फुटबलमा युभेन्टसको पुनरागमन जित | Khabarhub Khabarhub

सिरी ए फुटबलमा युभेन्टसको पुनरागमन जित


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले पुनरागमन जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोविरुद्ध २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा सुरुवाती एक गोलले पछि परे पनि युभेन्ट्सले उत्कृष्ट पुनरागमन गर्‍यो ।

खेलको नवौं मिनेटमा निकोलस एनकोउलोले गोल गर्दै टोरिनोलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा युभेन्ट्स खेलमा फर्किएको थियो ।

७८औँ मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा फर्काए । ८९औँ मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए ।

इन्जुरी समयमा कार्लोले रातो कार्ड पाएपछि युभेन्ट्स १० खेलाडीमा समेटिएको थियो ।

घरेलु मैदानको जितसँगै युभेन्ट्स दोस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले १० खेलमा २० अंक जोडेको छ भने टोरिनो ६ अंकसहित १८औँ स्थानमा छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ६ : ०१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र