अमेरिकामा थप २ लाख ८ हजारमा संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा थप २ लाख ८ हजारमा संक्रमण


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा थप २ लाख ८ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ महिनादेखि दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्ला चार दिन लगातार संक्रमितको संख्या २ लाखभन्दा बढी देखिएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८ हजार ७९० जनामा संक्रमण भएसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ४९ लाख ८३ हजार ४२५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८७ लाख ८७ हजार ७३८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ५९ लाख ७ हजार ८६२ जनामध्ये २६ हजार २६१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ८७ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २५१ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ८७ हजार ८२५ पुगेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ९ : १७ बजे

कालीगण्डकी किनारमा २४ वर्षपछि हरिबोधनी एकादशी मेलाको तयारी

बागलुङ- कुनै समय एकादशीको दिन बागलुङस्थित निरयघाटको कालीगण्डकी किनारामा लाग्ने

छठ व्रत र सझियाघाट आज

महोत्तरी– महोत्तरीसहितका मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ ।

कानको विवादास्पद पेनाल्टी गोलसँगै सकियो आर्सनलको अपराजित यात्रा

काठमाडौं – यस सिजनको च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा सकिएको

च्याम्पियन्स लिगमा एस्टन भिल्लाको पहिलो हार

काठमाडौं – यस सिजनको च्याम्पियन्स लिगमा एस्टन भिल्लाले पहिलो पराजयको

प्रधानमन्त्री ओलीबाट छठ पर्वको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने पवित्र