किन उल्टो झुन्डिएर बस्छ चमेरो ? यस्तो छ रहस्य « Khabarhub

किन उल्टो झुन्डिएर बस्छ चमेरो ? यस्तो छ रहस्य


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हलिउड फिल्मका सबैभन्दा फेमस क्यारेक्टर ब्याटम्यानका बारेमा को परिचित नहोला ? ब्याटम्यानको फिल्म हेरेपछि चमेरोको बारेमा जान्न तपाईलाई अत्याधिक मन लाग्यो होला ।

चमेरो धेरैजसो अध्यारो ठाउँमा रुखका हाँगा तथा गुफाहरुमा उल्टो झुन्डिरहेको हुन्छ । तपाई चमेरो किन उल्टो झुन्डिन्छ भन्ने बारेमा जान्न कौतुहलता पनि भयो होला ।

आखिर किन उल्टो झुन्डिन्छ त चमेरो ? किन सिधा बस्दैन ? आज हामी तपाईलाई यस रहस्यको बारेमा जानकारी दिनेछौँ । चमेरो स्तनधारी जीव मध्ये एक मात्र त्यस्तो जीव हो जो उड्न सक्दछ ।

संसारभरमा १ हजार भन्दा धेरै चमेरोका प्रजातीहरु पाइन्छन् । ति मध्ये केही चमेराहरु यस्ता पनि छन्, जसले रगत पिउँदछन् । त्यसैले उक्त प्रजातीको चमेरालाई ‘पिशाच चमेरो’ भन्ने गरिन्छ । वैज्ञानिकहरुले पनि चमेरो आज भन्दा १० करोड वर्ष पहिला अर्थात् डायनोसरको समयमा धर्तीमा रहेको बताएका छन् ।

आजसम्म पनि चमेरो धर्तीमा छ । चमेरो उल्टो झुन्डिँदा सहज तरिकाले उड्न सक्दछ । बाँकी पंक्षीभन्दा चमेरो जमीनबाट उड्न सक्षम हुँदैन । किनभने चमेरोको प्वाँख जमिनबाट त्यति उडान भर्न सक्दैन । साथै चमेराको पछाडी पटिको खुट्टा छोटो हुन्छ र पूरा विकसित भएको हुँदैन ।

त्यसैले चमेरोले जमीनबाट दौडेर उडानको गति समात्न सक्दैन । साथै चमेराको खुट्टाको नसा यति व्यवस्थित हुन्छ कि उसको सबै तौल पञ्जालाई बलियो बनाउने किसिमको रहेको हुन्छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ५ : ४५ बजे

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल