झापा र उदयपुरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

झापा र उदयपुरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश १ को झापा र  उदयपुरमा भएकव सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

झापाको शिवसताक्षी नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी–११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रकाश जवेगुका अनुसार को२प ६९७० नंको मोटरसाइकलको ठक्करबाट गएराति गम्भीर घाइते भएका विष्टको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै उदयपुरको बेलका नगरपालिका–८ सेतीखोलास्थित मदन भण्डारी लोकमार्ग खण्डमा शनिबार साँझ एक परिचय नखुलेको गाडीले ठक्कर दिँदा स्थानीय ३८ वर्षीय हरि खड्काको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ घरबाट बाहिर सडक पार गरेर अर्को टोल जाने क्रममा रामपुर ठोक्सीलाबाट पूर्वतर्फ गइरहेको परिचय नखुलेको चारचक्के गाडीले खड्कालाई ठक्कर दिँदा खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

तीव्र गतिमा आइरहेको गाडीले खड्कालाई ठक्कर दिएर गाडी र चालक फरार रहेका कारण गाडी र चालकको खोजी शुरु भइरहेको उदयपुरको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ९ : ३५ बजे

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक