सिप्रदीद्वारा पोखरामा मोटरसाइकल वर्कशपलाई ‘म्याक सर्भ’मा स्तरोन्नती « Khabarhub

सिप्रदीद्वारा पोखरामा मोटरसाइकल वर्कशपलाई ‘म्याक सर्भ’मा स्तरोन्नती


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को संयुक्त परियोजनामा, नेपालको पर्यटकिय स्थल पोखराको राष्ट्र बैंक चोकमा रहेको श्रीराम मोटरसाईकल वर्कशप लाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ ।

म्याक सर्भको उद्घाटन कार्यक्रम भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड ल्युब्स्का कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ल्यब्स्का डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ र टु ह्वीलर एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण के. शी. को उपस्थितीमा सम्पन्न भयो ।

म्याक सर्भमा ग्राहकहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन । जहाँ म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरी मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिनेछ ।

उक्त वर्कशपमा ग्राहक महानुभावहरुले कुनैपनि ब्राण्डको मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ गरि उत्कृष्ट सेवा प्राप्त गर्न सक्नुहुनेछ । यस वर्कशपले बिभिन्न ब्राण्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउदै आइरहेको छ ।

म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा डिसेम्बर, २०२० सम्म यस वर्कशपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टस् हरुमा १० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ६ : २८ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग