चीनको ल्हासा नगरले दियो काठमाडौं महानगरलाई दुई वटा ट्रक उपहार « Khabarhub

चीनको ल्हासा नगरले दियो काठमाडौं महानगरलाई दुई वटा ट्रक उपहार


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकालाई चीनको ल्हासा नगरबाट दुई थान फोहर बोक्ने कम्प्रेस्ड गारवेज ट्रक उपहार स्वरुप प्राप्त भएको छ ।

“२०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न ल्हासा नगरका प्रमुख गुहेओ गुहेओ आउनुभएकै समयमा उनले काठमाडौँ सरसफाइका लागि ट्रक उपहार पठाउने बताउनुभएको थियो, सोहीअनुरुप आज उक्त ट्रक प्राप्त भएको हो । ल्हासा नगरसँग कामपाको भगिनी सम्बन्ध स्थापित भइसकेको छ ।”

यही १५ गते ल्हासा नगरको अन्तरराष्ट्रिय मामिलाका अधिकारीले कामपाको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयलाई उक्त ट्रक हस्तान्तरण गरेका थिए । त्यस अवसरमा अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम बसेल, वित्त विभागबाट उपनिर्देशक प्रवीण प्याकुरेल, विपद् व्यवस्थापन विभाग नगर प्रहरी नायब उपरीक्षक विष्णु जोशी, चालक बलराम चचामु र दीपक वैष्णव रहेका थिए । ती ट्रकहरु यही मङ्सिर १६ गते काठमाडौँ ल्याइएका हुन् । ती ट्रकको मूल्य करिब रु १ करोड ९० लाख रहेको छ ।

आज कामपाका प्रमुख शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गरे । त्यसअघि प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले प्रमुख शाक्यलाई साँचो हस्तान्तरण गरेका थिए । सात हजार २०५ किलोग्राम फोहोर कम्प्रेस बोक्नु यसको मुख्य विशेषता हो ।

सङ्कलित फोहोरलाई पछाडिको बकेटमा राखेपछि यन्त्रले फोहोरलाई विस्तारै उचाल्न थाल्छ । त्यसपछि कम्प्रेस्ड यन्त्रले फोहोर खाँदिन थाल्छ । यसको क्षमता पूरा भएपछि आफैँ आवाज दिएर जानकारी गराउँछ । -रासस

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : ४५ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज