आवश्यक परे पद छोड्न तयार छु : प्रचण्ड « Khabarhub

आवश्यक परे पद छोड्न तयार छु : प्रचण्ड


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक परे आफ्नो जिम्मेवारी छोड्न तयार रहेको बताएका छन्।

पार्टी एकता र परिवर्तनविरोधी शक्तिहरू सडक प्रर्दशनमा उत्रिएको प्रसंग कोट्याउँदै प्रचण्डले यस्तो अवस्थामा आफू र अरू नेताहरूले आवश्यक परे आफ्नो जिम्मेवारी छोड्न तयार हुनुपर्ने बताएका हुन्।

‘हामीले लामो संघर्ष र बलिदानबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशितालगायत परिवर्तनका मुद्दा संस्थागत गर्‍यौँ। त्यसमा लाखौँलाख जनताको रगत र पसिना बगेको छ। त्यत्तिकै संख्यामा घाइते अपांग र बेपत्ता भएका छन्,’ प्रचण्डको भनाई उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘ती परिवर्तनका मुद्दा उल्ट्याउन विभिन्न शक्ति सडक प्रदर्शनमा छन्। परिवर्तनका मुद्दा जोगाउन जिम्मेवारी छोड्नुपर्ने अवस्था आए म तयार छु। तपाईंहरु पनि आफ्नो तर्फबाट तयार हुनुहोस्।’

अध्यक्ष केपी ओलीले गत भदौ २६ गतेको निर्णय कार्यन्वयन नगर्दा पार्टीमा विवाद उत्पन्न भएको प्रचण्डले आरोप लगाए ।

स्थायी कमिटी बैठकमा एक घण्टा भन्दा लामो वक्तव्य दिएका प्रचण्डले पार्टी एकता, भदौ २६ गतेयता भएको विवाद र पत्रयुद्धका विषय विस्तार गरेका थिए।

बैठकमा प्रचण्डले पार्टी एकता जोगाउन आफूले हरसम्भव प्रयास गरेको बताए।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ९ : १४ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२