चिसोले ज्वरो ,रुघाखोकी, निमोनियाका बिरामी बढे « Khabarhub

चिसोले ज्वरो ,रुघाखोकी, निमोनियाका बिरामी बढे


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी बिरामी पर्न थालेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ ।

जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी भर्ना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा ज्योति पाण्डेले जानकारी दिए ।

चिसोले बालबालिका र ज्येष्ठ नगरिकमा बढी समस्या देखिएको र बिरामीको चाप बढेको उनले बताए । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा दैनिक ३० देखि ४० बिरामी उपचारका लागि आउने गरेका छन् ।

चिसोका कारण बिरामीको चाप बढेपछि उपचारमा समस्या भइरहेको अस्पतालका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले बताए । उनले भने, ‘अस्पतालमा चिसोका कारण बिरामीको सङ्ख्या बढेको छ, उपचारमा समस्या भइरहेको छ ।’

यस्तै यहाँका ग्रामीण क्षेत्रमा भएका स्वास्थ्यचौकीमा समेत बिरामीको चाप बढेको जोरायल गाउँपालिका स्वास्थ्य एकाइ प्रमुख गोविन्द विष्टले जानकारी दिए। उनका अनुसार अहिले यहाँका स्वास्थ्यचौकीमा दैनिक १० देखि २० सम्म उपचारमा बिरामी आउने गरेका छन् ।

स्वास्थ्यचौकीमा निमोनिया, रुघाखोकीका बिरामीले भरिएको केआइसिंह गाउँपालिका–५ रानागाउँ स्वास्थ्यचौकीका अहेव रमेश जोशीले जानकारी दिए। उनले भने, ‘चिसोका कारण बिरामी थपिने क्रम बढेको छ ।’

जिल्ला आयुर्वेद अस्पताल दिपायलमा चिसो बढेसँगै बाथरोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ । अहिले दैनिक ४० देखि ५० को सङ्ख्यामा बाथरोगी उपचारका लागि आउने गरेको अस्पतालका वैद्य खड्क बमले जानकारी दिए।

चिसो मौसम भएकाले तातो झोलिलो खानेकुरा खान चिकित्सकले सल्लाह दिएका छन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ९ : ४२ बजे

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई

आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले