वनकाली बगैंचा आध्यात्मिक चिन्तनको आकर्षक थलो बनाइने « Khabarhub

वनकाली बगैंचा आध्यात्मिक चिन्तनको आकर्षक थलो बनाइने



काठमाडौं-पशुपतिनाथ दर्शन गर्न गौशालाको प्रहरी प्रभागबाट बायाँ पट्टीको बाटो हिड्दै जाँदा केही अगाडी हरियाली बगैँचा देखिन्छ।

पशुपतिनाथमा बजाएको घण्टा, चिरबिर चिरबिर चराको आवाज, मनै लोभ्याउने रमणीय अनि शान्त वातावरण।

दर्शनका लागि जाने आगन्तुकहरु बाटोमै उभिएर दायाँबायाँ हेर्दै भन्ने गर्छन्,-‘आहा ! कति राम्रो बगैँचा कहिलेबाट सञ्चालनमा आउला ?’

पुशपतिनाथ आउने आगन्तुकले वनकाली क्षेत्र अवलोकन नगरी अघि बढ्दै सक्दैनन्। केहि वर्ष पहिले यो स्थानमा नाङ्लो पसलसमेतले खुलेआम गाँजा, भाङ बिक्रि गर्दै गरेको दृश्य देखिन्थ्यो।

दशनार्थीहरु मुख छोपेर फटाफट हिड्नुपर्ने अवस्था थियो । चारैतिर फोहोर फयाँकेको डम्पिङ साइट, चिल र गिद्धहरुले सीनो झम्टिरहेका दृश्य पनि देखिन्थे।

तर विगत तीन वर्षयता यो परिस्थिति बदलिएको छ। यो क्षेत्र पुरै सफा र आकर्षक बनिरहेको छ। पुरै क्षेत्रमा पर्खाल निर्माण भएको छ। विभिन्न रुख विरुवा रोपेर यस क्षेत्रलाई हरियाली बनाइएको छ। फुलेका स-साना फूलहरुले वासना छर्न थालेका छन्। हेर्दाहेर्दै यो स्थान आकर्षक उद्यान बनेको छ ।

५ करोड लगानीमा राधा माधव समितिले वि.स. २०७३ सालबाट उद्यानको निर्माण थालेको थियो । आध्यात्मिक र भौतिक दुवै दृष्टिले यो उद्यान विश्वकै अनुपम उद्यानका रुपमा स्थापित गर्ने समितिको योजना छ ।

९० रोपनी क्षेत्रफलमा फैलिएको यो उद्यानभित्र नेपाललाई चिनाउने र वेदसँग जोडिएका थुप्रै कुराहरु समावेश गरिएको समितिका कार्यवाहक अध्यक्ष गोपाल प्रसाद सापकोटाले खबरहबलाई जानकारी दिए ।

‘परम्परागत झोलुङ्गे पुल (सतगुरुसेतु), विभिन्न कुण्ड, भक्ति स्तम्भ, आशुतोष प्राङ्गणलगायतका रमाइला र वेदसँग जोडिएका वस्तु यहाँका आकर्षण हुन्’ सापकोटाले भने, ‘१० प्रतिशत काम गर्न बाँकी छ।’

३ वर्षभित्र काम सम्पन्न गर्ने गरी शुरु भएको उद्यान अब केही महिनामै सञ्चालनमा आउने भएको छ।

पशुुपति क्षेत्र विकास कोषले उद्यान सञ्चालनका लागि समितिलाई पत्र पठाइसकेको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए। ‘कोषले पत्र पठाइसकेको छ’ ढकालले भने, ‘केही महिनामा कोषबाटै यो बगैँचामा सञ्चालनमा आउँछ ।’

उनकाअनुसार पशुपति परिसरमा भण्डारखाल, देव उद्यान र वनकाली उद्यान गरी ३ वटा पार्क हुने भएका छन्।

पछिल्लो समय युवा–वर्गहरु आफ्नो रुचीका पुस्तक समेत ठुला पुस्तकालयका ठेली पढ्न भन्दा प्रयोगशालामा बढी समय बिताउन रुचाउने गरेका छन् ।

त्यस्तै नयाँ पुस्तालाई दृष्टिमा राखी स्वामी जिले यसको परिकल्पना गरेको सापकोटाले बताए ।

यसरी थालियो निर्माण

विश्वसम्पदा सूचिमा सुचिकृत भगवान पशुपति नाथको प्राङगणलाई डम्पिङ साइटका रुपमा छोड्नु हुँदैन भन्ने लागेर राष्ट्रिय सन्त स्वामी श्री हरिदाषले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचीव डा.गोविन्द टन्डनसँग संवाद गरे ।

त्यही संवादकै क्रममा हरिदाषले बनकाली क्षेत्रको करिब सय रोपनी जमीनमा एउटा विश्व स्तरको बगैंचा आफ्ना गुरुदेब जगतगुरु से कृपालु जी महाराजको स्मृतिमा बनाइदिने बचन व्यक्त गरेका थिए ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरेर निर्माण कार्य प्रारम्भ भएको थियो । श्री राधामाधव समिति नेपालकी अध्यक्ष संगीताको नेतृत्व र निर्देशनमा कार्यरम्भ गरिएको कृपालु उड्यानको निर्माण तीन वषभित्रमा सक्ने गरी थालिएको थियो ।

कृपालु उद्यान प्रवेश गर्ने जो कोहीले पनि भगवान, शिव, ताण्डप, नृत्य, हनुमान र योकाजनक को हुन जस्ता प्रश्नको उत्तर पाइने गरी तस्वीर र मुर्ति बनाइएको छ।

उद्यान थुप्रै वगैँचा, वाटिका र कुञ्जहरुको एकीकृत रुप हो। यहाँ मुलतः भगवान शिव र पार्वतीको लीलासँग तादात्म्यता राख्दै राधाकृष्ण र सीताराम अनि देवीहरुको व्याख्या समेत गरिएको सापकोटाले सुनाए।

‘पशुपतिनाथ आएका सम्पुर्ण आगन्तुकले वनकाली बगैँचा घुमेपछि हिन्दू दर्शनबारे धेरै बुझेको अनुभुति गर्नेछन्’ उनले भने, ‘त्यसकारण यो विश्वकै आध्यात्मिक बगैँचाका रुपमा परिचित गराउने हाम्रो सोच छ।’

आशुतोष प्राङगण

भगवान शिवको ढंग पुर्‍याएर जसले भक्ति गर्दछ उप्रति तत्काल खुसी हुने र वर दिइहाल्ने शिवको अर्को रुप हो–‘आशुतोष ।’

हो ती नै भगवानको आराधना गर्नका निम्ति एउटा छुट्टै प्राङ्गण निर्माण गरिएको छ । यस उद्यानमा स्थापित ६४ वटा जोत्रिलिङ्ग छन्।

भगवान राम र सिताको पहिलो भेट भएको स्थान पुष्पबाटीकाको निर्माणले नेपालको जनकपुरस्थित जानकी मन्दिर र राजा जनक, माता सीताले नृत्य गौरीको पूजाअर्चना गरेको इतिहासले उद्याानमा आउने आगन्तुकलाई रोमाञ्चित समेत बनाउने छ।

यसका साथै गोर्वधन पर्वत, गौरी कुण्डको संरक्षण, अग्नि समाधी कुण्ड जस्ता थुप्रै प्रदर्शनी गराइएको छ।

भक्ति स्तम्भ

भक्ति स्तम्भ यस उद्यानको आकर्षण रहेको सापकोटाले बताए । झट्ट हेर्दा शिव लिङ्ग जस्तै देखिन्छ भक्ति स्तम्भलाई ।

तर पशुपति नाथको परिसरमा सबै प्रकारका धर्मावलम्वीहरु पर्यटकका रुपमा पनि आउने गरेकाले सबैले आ–आफ्ना आस्था एवं विश्वास बमोजिम आराध्यप्रति भक्ति भावना प्रकट गरुन भन्ने उद्धेश्यले भक्ति स्तम्भ बनाइएको हो । जसलाई विश्वकै पहिलो भक्ति स्तम्भका रुपमा स्थापित गरेका छन् ।

यी यावत आध्यात्मिकताका अतिरिक्त यो कृपालु उद्ययानले पृथ्वीको अति दोहन र भूक्षय रोक्नका लागि वर्षात्मा परेका पानी यही उद्यानको जमीनमा राख्नका लागि अनेकौं कुण्ड पोखरी र इनार समेत निर्माण गरिएको सापकोटाको भनाई छ ।

यो उद्यन सञ्चालनमा आएपछि धार्मिक पर्यटक बढने अपेक्षा राखिएको छ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १० : २६ बजे

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौँदेखि बन्द रहेका, निरन्तर घाटामा थलिएका

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या