संविधानको मर्मअनुसार अधिकार प्रयोग गर्नुपर्नेमा मुख्मन्त्रीको जोड | Khabarhub Khabarhub

संविधानको मर्मअनुसार अधिकार प्रयोग गर्नुपर्नेमा मुख्मन्त्रीको जोड


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले तीन तहका सरकारले संविधानको मर्म र भावना अनुसार आ–आफ्नो अधिकारलाई प्रयोग गर्नुपर्ने बताएका छन् ।

नेपाल नगरपालिका सङ्घद्वारा विराटनगरमा आयोजित प्रदेशस्तरीय अन्तर सरकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले साझा अधिकारको प्रयोगसम्बन्धी कानून छिटो बनाउन सङ्घीय सरकारलाई ध्यानाकर्षण गराइएको जानकारी दिए । उनले भने, ‘साझा अधिकार प्रयोग सम्बन्धी कानून निर्माणमा संवेदनशील हुनुपर्छ ।’

मुख्यमन्त्री राईले स्थानीय तहले कानून निर्माण, कार्यान्वयन र जनतामा नजिता पस्कनुपर्नेमा जोड दिँदै आगामी दिनमा प्रदेश सरकारले कानून निर्माणमा स्थानीय तहसँग सहकार्य गर्ने बताए ।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले संविधान निर्दिष्ट अधिकार कतैबाट कटौती हुन नहुने चर्चा गर्दै स्वास्थ्य, माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई नै भएको बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जनताको सरकार स्थानीय निकाय भएको चर्चा गर्दै यसको सफल सञ्चालनबाट प्रदेश सरकारको सफलता जोडिएको बताए ।

नेपाल नगरपालिका सङ्घका केन्द्रीय अध्यक्ष अशोक ब्याञ्जूले संविधानको भावना अनुसार सङ्घीयतालाई सफल कार्यान्वयन गर्न स्थानीय तहलाई बलियो बनाउनुमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सङ्घ, प्रदेश र स्थानीय निकायको बीच आपसी समन्वयवाट दिगो विकासको लक्ष्य पूरा हुने धारणा व्यक्त गरे ।

सहभागी नगरपालिकाका प्रमुख र उपप्रमुखले पूर्वाधार बाँडफाँटमा समस्या आएको, १५ शय्या अस्पतालमा चिकित्सक दरबन्दीमा छलफल नभएको, ढुङगागुट्टीको मूल्य प्रदेश सरकारले तोक्ने गरेको, मध्यावधिक समीक्षा गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ११ : ३१ बजे

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं–  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

म्याग्दी– अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको

इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुई वटा

ओलीलाई जाँचबुझ आयोगले बोलायो भने लाखौँ कार्यकर्ता सिंहदरबार छिर्छन् : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीका अध्यक्ष एवम्

एनपीएल सिजन २ : युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

काठमाडौं– एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको