सावधान ! प्लास्टिकका भाँडाबाट निम्तिन्छ गम्भीर स्वास्थ्य समस्या | Khabarhub Khabarhub

सावधान ! प्लास्टिकका भाँडाबाट निम्तिन्छ गम्भीर स्वास्थ्य समस्या


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अधिकांश नेपालीको भान्सामा प्लास्टिकका भाडाकुडा हुन्छन् । सस्तो तथा चलाउन सजिलो हुने भएकाले धातुका भाडा भन्दा प्लास्टिकका भाडाकुडाको प्रयोग बढ्दो छ ।

तर प्लाष्टिकको प्रयोग मानव स्वास्थ्यका लागि भने हानिकारक छ । यसमा हुने रासायनिक तत्वले मानव स्वास्थ्यमा गम्भीर खतरा निम्त्याउने गर्दछ ।

विशेषत पीभीसी, पोलिस्टाइरिन र पोलिकार्बोनेटेड प्लाष्टिक मानव स्वास्थ्यका लागी घातक मानिन्छ । बजारमा पाइने पानीको जार अर्थात पोलिकार्बोनेटेड केमिकलबाट बनेको जार पनि मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

प्लाष्टिकको अत्यधिक प्रयोग गर्दा शरीरमा एलर्जी हुने, नवजात शिशुमा शारीरिक तथा मानसिक पक्षघात हुनसक्ने र वंशाणुगत परिवर्तनसम्म हुन सक्छ । मानव जीवनको हर्मोनलाई नै परिवर्तन गराउने क्षमता राख्ने प्लाष्टिकले प्रतिरक्षा प्रणालीलाई समेत कमजोर बनाउछ ।

यसको प्रयोगले बालबालिका तथा गर्भवती महिलालाई बढी असर गर्दछ । साथै मधुमेह, मुटुसम्बन्धी रोग, घाँटीको क्यान्सर, चिढ्चिढापन, प्रजनन क्षमतामा कमी समेत हुनसक्छ ।

प्लाष्टिकको प्रयोगले आँखा, मृगौलालाई समेत हानी पार्दछ । अझ प्लास्टिक बाल्दा निस्कने ग्यासले समेत क्यान्सर गराउने भएकाले सचेत रहन चिकित्सकले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १२ : ०५ बजे

सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा छौँ : सञ्चारमन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार जतिसक्दो चाँडो

प्रधानमन्त्रीको टिप्पणी- जसपा फुटाउन मेरो कुनै भूमिका छैन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका

लामो समयपछि वर्षा हुदाँ किसानलाई राहत

पर्वत– साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका किसानलाई

गोरखाका महिलालाई नौमती बाजा बजाउने तालिम

गोरखा– पालुङटार नगरपालिकाले महिलालाई नौमती पञ्जेबाजा बजाउने तालिम दिन सुरु

अर्थमन्त्रीले भने : ‘निजी क्षेत्रलाई तर्साउँदिन, निरुत्साहित गर्दिनँ’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले सरकारी निकायबाट निजी क्षेत्रलाई निरुत्साहित