जुजियर ब्याडमिन्टनतर्फ विश्व वरियताको १४औं स्थानमा उक्लिए प्रिन्स दाहाल « Khabarhub

जुजियर ब्याडमिन्टनतर्फ विश्व वरियताको १४औं स्थानमा उक्लिए प्रिन्स दाहाल


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली खेलाडी प्रिन्स दाहाल जुजियर ब्याडमिन्टनतर्फको विश्व वरियतामा १४औं स्थानमा उक्लिएका छन् । यसअघि ३२औं स्थानमा रहेका प्रिन्सले १८ स्थान सुधार गर्दै शीर्ष १४ मा स्थान बनाएका हुन् ।

ब्याडमिन्टनतर्फ नेपाली खेलाडीले हासिल गरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइरहेका प्रिन्स ४ महिनाअघि भएको दुवई इन्टरनेसनल सिरिजमा उपाधि जितेपछि विश्व वरियताको शीर्ष ५० मा उक्लिएका थिए ।

प्रिन्स केही समय अगाडि नेपालमा भएको इन्टरनेशनल सिरिजमा पुरुष एकलतर्फ सेमिफाइनलसम्म पुगेका थिए । योसँगै प्रिन्सले सेनेगलमा हुने २०२२ को युथ ओलम्पिक खेल्ने पक्का भएको प्रशिक्षक कमलेस निरौलाले बताएका छन् । युथ ओलम्पिक २०२२ को मे अथवा जुनमा हुने तय भएको छ ।

यो महिनाभित्र प्रिन्सले अहिलेको बरियतालाई कायम गर्न सके सिनियर ओलम्पिक २०२४ खेल्ने सम्भावना समेत रहेको प्रशिक्षक निरौलाको भनाइ छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १२ : ४३ बजे

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको