शेयर बजारमा उत्साह, कारोबार रकम अर्ब माथि « Khabarhub

शेयर बजारमा उत्साह, कारोबार रकम अर्ब माथि


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि दोहोरो अङ्कले बढेको छ । यस साताको शुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ । कारोबार भएको यस साताको तीन कारोबार दिनमा नै नेप्सेमा दोहोरो अङ्कको वृद्धि कायम छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक १६.२३ अंकले बढेर १२१६.९२ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक ४.१३ अंकले वृद्धि भई २६४.८१ विन्दुमा पुगेको छ ।

धेरै पछि कारोबार रकम अर्ब माथि पुगेको छ । लगानीकर्तामा विश्वास बढेपछि कारोबार रकममा उल्लेख्य वृद्धि भएको हो । कूल १७९ कम्पनीका ३८ लाख ८० हजार ९५० कित्ता शेयर १ अर्ब १० करोड २७ लाख ३६ हजार ७४८ मूल्यमा खरिद–बिक्री भए । धेरै पछि कारोबार रकमले मंगलबार नयाँ इतिहास कायम गरेको हो ।

मंगलबार कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा दश उपसमूहको शेयर उकालो लागेको छ । होटल ८.३७ र उत्पादन २२.६६ अंकले ओरालो लागेको छ । बैंकिङ १९.०३, व्यापार १.०१, विकास बैंक २६.१८, जलविद्युत् १७.५५, वित्त ५.०२, निर्जीवन बीमा ८६.५६, अन्य १.५२, लघुवित्त ३२.९, जीवन बीमा १.०४ र सामूहिक लगानी कोष ०.०१ ले वृद्धि भएको छ ।

मंगलबार सबैभन्दा बढीको शेयर कारोबार माछापुच्छ्रे बैंकको भएको छ । सो बैंकको मात्रै १९ करोड ४९ लाख १३ हजार ४१३ को कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, एनआइसी एशिया बैंक ६ करोड ४८ लाख ६३३, प्रभु बैंक ४ करोड २० लाख १२ हजार ९१२, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ४ करोड ६ लाख ५० हजार ८६१, एनसिसी बैंक २ करोड ९१ लाख २५ हजार २६१, एनएमबी बैंक २ करोड ६८ लाख ७४ हजार ९५५, लुम्बिनी विकास बैंक २ करोड ६३ लाख ९५ हजार ५४३ र सिद्धार्थ बैंक २ करोड ३५ लाख ३० हजार ८१६ रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलबार सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा बोमी माइक्रोफाइनान्स वित्तीय संस्था ९.९७, सेन्ट्रल फाइनान्स ९.७६, सबैको लघुवित्त वित्तीय संस्था ९.४९, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ८.६९, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ७.८९ र दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ७.८४ प्रतिशतले कमाए ।

त्यस्तै, बोटलर्स नेपाल तराई ३.९३, नेपाल फाइनान्स ३.७०, आँखु खोला जलविद्युत् कम्पनी ३.४४, पञ्चकन्या माई हाइड्रोपावर २.२९, सिनर्जी पावर २.०६, विशाल बजार कम्पनी २.०४ र एनआइसी एशिया ग्रोथ फन्डका लगानीकर्ताले दुई प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ४ : १२ बजे

दूध खरिद र किसानको बक्यौता भुक्तानीमा त्रिपक्षीय सम्झौता

काठमाडौं– दूध खरिद बिक्री गर्न र किसानका तिर्न बाँकी पुरानो

विशेष महाधिवेशनका नाममा कांग्रेस विभाजनको मोडमा पुग्यो, देउवाले सबैलाई समेट्नुहुन्छ : लेखक

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले विशेष महाधिवेशनका

मन्त्री बादीसँग युएनएफपिएका प्रतिनिधिको भेट

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

उपनिर्वाचनमा फराजको पुनरागमन

लण्डन- बेलायतको रिफर्म युके पार्टीका नेता निगेल फराज क्ल्याक्टन उपनिर्वाचनमा

झापामा प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाही नभए ब्ल्याक आउट गर्ने चेतावनी

काठमाडौं- नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि भएको