मन्त्री बादीसँग युएनएफपिएका प्रतिनिधिको भेट « Khabarhub

मन्त्री बादीसँग युएनएफपिएका प्रतिनिधिको भेट


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)का नेपाल प्रतिनिधि श्रीराम हरिदासले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच महिला तथा बालबालिकाको संरक्षण, लैङ्गिक समानता, सामाजिक न्याय तथा सीमान्तकृत समुदायको सशक्तीकरणका क्षेत्रमा गरिने सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा छलफल भएको मन्त्री बादीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा मन्त्री बादीले नेपालमा लैङ्गिक समानता, प्रजनन स्वास्थ्य अधिकार तथा महिला, बालबालिका र किशोरकिशोरीको संरक्षणका क्षेत्रमा युएनएफपिएले विगत पाँच दशकदेखि पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरेकी थिइन् । 

उनले मन्त्रालय र युएनएफपिएबीचको दीर्घकालीन साझेदारीलाई आगामी दिनमा अझ सुदृढ गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने परिणाममा केन्द्रित गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

मन्त्री बादीले लैङ्गिक हिंसा, घरेलु हिंसा, बालविवाह तथा सामाजिक हानिकारक अभ्यास र कुप्रथाको अन्त्य गर्नु मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताइन्  । 

महिला तथा किशोरीका लागि सुरक्षित गृह, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र, किशोरी सशक्तीकरण तथा लैङ्गिक हिंसाविरुद्ध प्रतिकार्य प्रणाली निर्माणमा युएनएफपिएले गर्दै आएको प्राविधिक सहयोग महत्त्वपूर्ण रहेको उनले उल्लेख गरिन् ।

त्यसैगरी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकारको संरक्षण, सबै प्रकारका भेदभावको अन्त्य तथा स्वास्थ्य सेवा, सामाजिक सेवा र कानुनी संरक्षणमा समान र सहज पहुँच सुनिश्चित गर्ने विषयमा सहकार्य विस्तार गर्नेबारे उनीहरूबीच छलफल भएको मन्त्री बादीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ५ : १५ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त