विशेष महाधिवेशनका नाममा कांग्रेस विभाजनको मोडमा पुग्यो, देउवाले सबैलाई समेट्नुहुन्छ : लेखक « Khabarhub

विशेष महाधिवेशनका नाममा कांग्रेस विभाजनको मोडमा पुग्यो, देउवाले सबैलाई समेट्नुहुन्छ : लेखक


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले विशेष महाधिवेशनका नाममा नेपाली कांग्रेस विभाजनको गम्भीर मोडमा पुगेको दाबी गरेका छन् । शेरबहादुर देउवा पक्षद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै नेता लेखकले पार्टीको वर्तमान परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमित र एकताबद्ध हुन आह्वान गरेका छन् ।

भेलामा बोल्दै लेखकले कसैमाथि आरोप–प्रत्यारोप लगाउने पक्षमा आफू नरहेको स्पष्ट पारे । पूर्वसभापति देउवाले यसअघि नै पुनः सभापति नबन्ने घोषणा गरिसकेको स्मरण गराउँदै उनले अहिले पनि पार्टीलाई जोगाउने र एकताबद्ध बनाएर लैजाने क्षमता देउवासँगै रहेको उल्लेख गरे । देउवाले सबैलाई समेटेर अगाडि बढाउनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको समेत उनले बताए ।

नेता लेखकले विशेष महाधिवेशनका नाममा सिर्जित मतभेदले पार्टीलाई विखण्डनतर्फ लैजाने जोखिम बढाएको भन्दै आपत्ति जनाए । पार्टीलाई फुटबाट बचाउन शेरबहादुर देउवाकै नेतृत्व र अभिभावकत्वमा एकता कायम गर्दै विधिवत् रूपमा १५औँ महाधिवेशनतर्फ जानुपर्नेमा उनले जोड दिए । कांग्रेसजस्तो ऐतिहासिक पार्टीभित्र आन्तरिक मतभेदहरू हुन सक्ने भए पनि त्यसलाई संवाद र सहमतिका माध्यमबाट समाधान गरी १५औँ महाधिवेशनमार्फत अघि बढ्नु नै अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ५ : २५ बजे

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन