बन्दीपुर अस्पतालमा शल्यक्रिया सेवा शुरु « Khabarhub

बन्दीपुर अस्पतालमा शल्यक्रिया सेवा शुरु


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँको बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पतालमा शल्यक्रिया सेवा शुरु भएको छ । आवश्यक उपकरण प्राप्त भएपछि अस्पतालले शल्यक्रिया सेवा शुरु गरेको हो । शल्यक्रिया सेवाका लागि नेपाल सरकारको सहकार्यमा निक साइमन्स इन्स्टिच्यूटले उपकरण उपलब्ध गराएको थियो ।

शल्यक्रिया सेवाको सोमबार शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष एवं अस्पताल कार्य सञ्चालन समितिका अध्यक्ष पूर्णसिं थापाले यस भेगका जनताले सहज र सरल सेवा पाउने विश्वास व्यक्त गरे । असहाय विपन्न नागरिकलाई सहुलियत सेवा प्रवाह गर्न अस्पतालले सहयोग गर्ने बताउँदै अस्पतालको सुदृढीकरणका लागि गाउँपालिका सदैव तयार रहेको थापाले बताए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा धनबहादुर क्षेत्रीले शल्यक्रियाका लागि दमौली, पोखरा वा अन्यत्रै जानुपर्ने बाध्यता रहेकोमा अब स्थानीयवासीले आफ्नै ठाउँमा सेवा प्राप्त गर्नसक्ने जानकारी दिए । शल्यक्रिया सेवालाई निरन्तरता दिनका लागि स्थानीय जनसमुदायको पनि महत्वपूर्ण भूमिका रहने डा क्षेत्रीको भनाइ थियो । “शल्यक्रिया सेवाका लागि अब अन्यत्र जान नपरेपछि स्थानीयवासीलाई आर्थिक भार पनि कम पर्नेछ,” डा क्षेत्रीले भने ।

यसैबीच शल्यक्रिया सेवा शुरु भएको अवसरमा बन्दीपुर गाउँपालिका र अस्पतालको संयुक्त आयोजनामा सोमबारदेखि हाइड्रोसिलको निःशुल्क शल्यक्रिया र हर्नियाको परीक्षण शिविर शुरु भएको छ ।

शिविरको पहिलो दिन दुई जनाको हाइड्रोसीलको सफल शल्यक्रिया गरिएको मेसु डा क्षेत्रीले जानकारी दिए । उनका अनुसार शल्यक्रिया सेवा शुरु भएसँगै अस्पतालमा हाइड्रोसिल, हर्निया, एपेन्डेक्टोमी, सीएसलगायत इमर्जेन्सी शल्यक्रिया सेवा सञ्चालन गरिनेछ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १० : ०२ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने