जनताले एक ढिक्का भएको कांग्रेस हेर्न चाहेका छन्– नेता महर « Khabarhub

जनताले एक ढिक्का भएको कांग्रेस हेर्न चाहेका छन्– नेता महर


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवि संघका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले आमजनताले कांग्रेसलाई एकढिक्का भएको हेर्न चाहेको बताएका छन् । कांग्रेस कित्ता–कित्तामा बाँडिए प्रजातन्त्र नै जोखिममा पर्ने भएकाले पार्टी एकढिक्का हुनुको विकल्प नभएको नेता महरको भनाइ छ ।

वडादेखि केन्द्रसम्मका सम्पूर्ण कार्यकर्ता, पदाधिकारी र शुभचिन्तकले कांग्रेसको एकताबिना प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको औचित्य समाप्त हुने चिन्ता व्यक्त गर्ने गरेको पनि महरले बताए ।

‘आफ्नै घर जलाएर आगो ताप्नु जत्तिको जोखिमपूर्ण कुरा अरु के होला र ?,’ नेता महरले सबै अग्रज नेतालाई प्रश्न गर्दै भने, ‘त्यसकारण अब सबै शुभचिन्तक र आमजनताको निराशालाई आशामा बदल्नुपर्छ ।’

सरकारले पछिल्लो समय सूचनाप्रविधि लगायतका विभिन्न विधेयकमार्फत अलोकतान्त्रिक र निरङ्कुश चरित्र प्रदर्शन गरेको भन्दैं त्यसको प्रतिवाद गर्न र विकल्पमा कांग्रेस पार्टी अगाडी आउनुपर्ने चाहना आमजनमानसको भएको नेता महरको भनाइ छ ।

सरकारका पछिल्ला गतिविधीले सर्वसत्तावाद र जनताको अभिव्यक्ति स्वतन्त्रतामा समेत धावा बोलेको भन्दैं नेता महरले अब कांग्रेस पार्टी एक भएर दह्रो र खरो रुपमा अगाडी बढ्नुको विकल्प नभएको बताए ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ७ : ३६ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक