जनताले एक ढिक्का भएको कांग्रेस हेर्न चाहेका छन्– नेता महर | Khabarhub Khabarhub

जनताले एक ढिक्का भएको कांग्रेस हेर्न चाहेका छन्– नेता महर


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवि संघका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले आमजनताले कांग्रेसलाई एकढिक्का भएको हेर्न चाहेको बताएका छन् । कांग्रेस कित्ता–कित्तामा बाँडिए प्रजातन्त्र नै जोखिममा पर्ने भएकाले पार्टी एकढिक्का हुनुको विकल्प नभएको नेता महरको भनाइ छ ।

वडादेखि केन्द्रसम्मका सम्पूर्ण कार्यकर्ता, पदाधिकारी र शुभचिन्तकले कांग्रेसको एकताबिना प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको औचित्य समाप्त हुने चिन्ता व्यक्त गर्ने गरेको पनि महरले बताए ।

‘आफ्नै घर जलाएर आगो ताप्नु जत्तिको जोखिमपूर्ण कुरा अरु के होला र ?,’ नेता महरले सबै अग्रज नेतालाई प्रश्न गर्दै भने, ‘त्यसकारण अब सबै शुभचिन्तक र आमजनताको निराशालाई आशामा बदल्नुपर्छ ।’

सरकारले पछिल्लो समय सूचनाप्रविधि लगायतका विभिन्न विधेयकमार्फत अलोकतान्त्रिक र निरङ्कुश चरित्र प्रदर्शन गरेको भन्दैं त्यसको प्रतिवाद गर्न र विकल्पमा कांग्रेस पार्टी अगाडी आउनुपर्ने चाहना आमजनमानसको भएको नेता महरको भनाइ छ ।

सरकारका पछिल्ला गतिविधीले सर्वसत्तावाद र जनताको अभिव्यक्ति स्वतन्त्रतामा समेत धावा बोलेको भन्दैं नेता महरले अब कांग्रेस पार्टी एक भएर दह्रो र खरो रुपमा अगाडी बढ्नुको विकल्प नभएको बताए ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ७ : ३६ बजे

क्रिकेटर लामिछानेको पुनरावेदन निवेदनमा आज सुनुवाइ

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो