मालपोत साँखुका नासु कुइँकेल दुई हजार घुससहित पक्राउ « Khabarhub

मालपोत साँखुका नासु कुइँकेल दुई हजार घुससहित पक्राउ


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय साँखुमा कार्यरत नायब सुब्बा रामेश्वर कुइँकेललाई सेवाग्राहीसँग दुई हजार घुस लिँदालिँदै नियन्त्रण्मा लिएको छ ।

टङ्गालस्थित आयोगको कार्यालयबाट खटिइएको टोलीले उनीसँगै लेखापढी व्यवसायी श्रीराम सापकोटालाई पनि नियन्त्रणमा लिएको हो ।

कुइँकेलले सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरेबापत यो रकम घुस लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिएबापत सेवाग्राहीसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक हेमन्त केसीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

उनले ७ हजार घुस लिई ती व्यक्तिलाई छुटाएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ८ : ३६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका