कांग्रेसका जिल्ला सभापति भेलामा देउवाविरुद्ध मोर्चावन्दीको प्रयास « Khabarhub

कांग्रेसका जिल्ला सभापति भेलामा देउवाविरुद्ध मोर्चावन्दीको प्रयास


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला बुधबार फेरि बस्नेगरी आज सकिएको छ ।

महाधिवेशनको मिति तोक्ने र वर्तमान कार्यसमितिको समय एकवर्ष थप्ने बहुमतको निर्णयपछि बोलाइएको भेलामा पार्टीलाई एकढिक्का बनाएर लैजान सभापतिहरुले सुझाव दिएका छन् ।

असन्तुष्ट जिल्ला सभापतिको भेलालाई संस्थापन पक्षले भने अनावश्यक भनेको छ ।

सभापतिहरुको भेलामा वर्तमान सरकारको कार्यशैलीका बारेमा विरोध गर्नुपर्ने बेलामा पार्टीभित्रै कलह शुरु हुनु गलत रहेको बताएका छन् ।

४५ भन्दा बढि जिल्लाका सभापतिहरुको सोमबारदेखि शुरु भएको भेलामा वरिष्ठ नेता पौडेल र महामन्त्री डाक्टर शशांक कोइरालालाई सभापति देउवासँग परामर्श दिएको नेताहरुको भनाई छ ।

जिल्ला सभापतिहरुको भेला चलिरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बहुमतका आधारमा गरिएको निर्णय आन्तरिक लोकतन्त्रको अभ्यासका रुपमा लिनुपर्ने बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले भने सरकारका गलत कामको खबरदारी गर्ने बेलामा पार्टीभित्रै द्वन्द्व शुरु गरिएको भन्दै सभापतिहरुको भेलालाई अनावश्यक रुपमा उचालिएको बताएका छन् ।

वरिष्ठ नेता पौडेल समुहको मागका विषयमा लचक हुने संकेत गरेका देउवा निकट मानिने सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले महाविधेशनको कार्यतालिका हेरफेर, भातृ संस्थाको नेतृत्व र पार्टीको विभागहरुमा समेत सम्मानजनक भूमिका दिन तयार रहेको बताए ।

जिल्ला सभापतिहरुको भेलाले कमजोर प्रतिपक्षीका रुपमा रहेको नेपाली कांग्रेसमा देखिएको विवाद समाधान गर्न सभापति देउवा समेत अग्रसर हुनुपर्ने आवाज उठेको छ ।

बुधबार सकिने भेलाले केन्द्रीय समितिलाई ध्यानाकर्षण पत्र बुझाउने आन्तरिक तयारी समेत गरेको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ९ : ३७ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा