आज २०७६ माघ २४ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०७६ माघ २४ गते शुक्रबारको राशिफल


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७६ माघ २४ गते शुक्रबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ?भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष

आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ।

बृष

अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

मिथुन

जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह ।

कर्कट

केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी ।

सिंह

जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।

कन्या

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।

तुला

धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्ला । स्वास्थ्यमा गडबढी ।

बृश्चिक

पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ ।

धनु

अभिभावकको आशीर्वाद मनन गर्नुहाेला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।

मकर

शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् ।

कुम्भ

राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ । अचल सम्पत्ति हात पर्ला ।

मीन

महत्वपूर्ण अवसर गुम्न सक्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ५ : ३३ बजे

ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१ दशमलव तीन

उत्तराखण्डको धरालीमा लेदोसहितको बाढीले बस्ती नै बगायो, चार जनाको मृत्यु, धेरै बपत्ता

काठमाडौं- भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशीमा मंगलबार दिउँसो मुसलधारे वर्षापछि बाढी

राजेन्द्र पाण्डेको निष्कर्ष :‘कुलिङ पिरियड’ चलखेलमा सुरज दुरा, मीरा आचार्य र सुभास भट्टराई दोषी

काठमाडौं- संघीय निजामती सेवा विधेयकमा ‘गम्भीर त्रुटी’ भेटिएको निष्कर्षसहित जीवन

कोशीमा बिजुलीको ट्रान्सफरमर चोरी, १२ जना प्रहरी नियन्त्रणमा

काठमाडौं– कोशी प्रदेशको मोरङ, सुनसरी र झापामा संगठित रूपमा बिजुलीको

सर्वोच्च अदालतका तीन न्यायाधीश सम्मानित

काठमाडौं– दोलखा कानुन व्यवसायी समाजले त्यहाँ घर भई सर्वोच्च अदालतको