रजनीकान्तको फिल्म घाटामा गएपछि विवादमा, निर्देशकले मागे प्रहरीसँग सुरक्षा « Khabarhub

रजनीकान्तको फिल्म घाटामा गएपछि विवादमा, निर्देशकले मागे प्रहरीसँग सुरक्षा


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – रजनीकान्तको स्टारडम देख्दा जुन फिल्मले पनि कमाइ गर्छन् भन्ने हुन्छ । उनले खेलेका फिल्मले लगानीभन्दा बढी कमाउने गर्छन् ।

हालै रिलिज भएको फिल्म ‘दरबार’ ले भने लगानी उठाउन सकेन । लगानी नउठान नसकेपछि फिल्म विवादमा परेको छ ।

यो फिल्मका वितरकहरुले मेकर ए आर मुरुगादाससँग रिफन्डको माग गरेका छन् । रजनीकान्तको यो फिल्मबाट धेरै नै घाटा परेको वितरकहरुको भनाइ छ । वितरकहरुले सुपरस्टार रजनीकान्त, लायका प्रोडक्सन र ए आर मुरुगादासविरुद्ध उजुरी हालेर मुआब्जा दाबी गरेका छन् ।

केही दिन पहिले केही वितरकहरु रजनीकान्तको घरमा पुगेका थिए । तर त्यहाँ सेक्युरिटीले फिर्ता पठाइदिए । एक वितरकले आफूहरु भोक हडतालमा जाने बताएका थिए ।

फिल्ममेकर मुरुगादासलाई धम्की पनि आउन थालेको छ । उनले धम्की आएको भन्दै प्रहरीको सुरक्षाको माग गरेका छन् । उनले आफ्नो घरबाहिर प्रहरी राख्न समेत अनुरोध गरेका छन् ।

रजनीकान्तको ‘दरबार’ १३० करोड भारुमा बनेको थियो । यसमध्ये आधा बजेट रजनीकान्तको पारिश्रमिक थियो । यो फिल्ममा रजनीकान्त २७ वर्षपछि प्रहरीको भूमिकामा देखिएका थिए ।

जनवरीमा रिलिज भएको यो फिल्मले सोचेजस्तो कमाइ गर्न सकेको थिएन ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ११ : ०५ बजे

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र

सुनसरी-१ मा राई १ हजार ६६१ मतान्तरले अगाडि

धरान– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं १ मा श्रम

सङ्खुवासभामा मतगणना सुरु

किमाथांका– सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। जिल्ला