दुःख टाढा भागाउने गौतम बुद्धका सात सूत्र « Khabarhub

दुःख टाढा भागाउने गौतम बुद्धका सात सूत्र


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कतिपय अवस्थामा मानिसहरु आफुलाई अभाव, कष्ट वा दु:खमा देख्दछन् । जसका कारण मानिस जीवनमा दुःख छ भनेर चिन्तित हुने गर्दछन् । तर हाम्रो मनमा किन दु:ख आयो वा दु:ख महशुस हुन थाल्यो, चिन्ताको खास कारण के हो ?

यसबारे भने हामी कारण खोज्दैनौ । भगवान् गौतम बुद्धले मानिसलाई हुने यस प्रकारको चिन्ता र तनावबाट बच्न ७ सुत्रहरु दिनुभएको छ । जसको पालना गरेमा मानिसले आफुलाई दु:खमा पाउने छैन ।

१. सम्यक दृष्टि
सम्यक दृष्टि अर्थात जस्तो छ त्यस्तै देख्नु । कुनैपनि कुरालाई हेर्दा, मूल्यांकन गर्दा आफ्नो धारणालाई बीचमा लिएर नहेर्नु नै बुद्धको प्रथम सुत्र हो । त्यही कारण कुनैपनि कुरालाई हेर्ने दृष्टि सम्यक हुनुपर्छ । अर्थात यथोचित दृष्टि हुनुपर्छ ।

२. सम्यक संकल्प
सम्यक दृष्टि अर्थात जुन गर्न योग्य हुन्छ, त्यही गर्नु र त्यसमा पुरा जीवन लगाउनु बुद्धको दोश्रो सुत्र हो । बुद्धका अनुसार यस्तो संकल्प जो बोधबाट प्राप्त होस् र बाहिरी उत्साह नभई आन्तरिक उत्साहबाट होस ।

३. सम्यक वाणी
सम्यक वाणी अर्थात हामी जे बोल्छौ, त्यही गर्नुपर्दछ । भित्र एउटा कुरा, बाहिरी अर्को कुरा राखेर नभई आफ्नो बोलीमा हृदयको अवस्था प्रकट गर्नु बुद्धको तेश्रो सुत्र हो । मानिसले जुन कुरा बोल्नुपर्ने हो, जति मात्रामा बोल्नुपर्ने हो र जहाँ बोल्नु पर्ने हो त्यहाँ मात्र बोल्नुपर्छ ।

४. सम्यक कर्म
सम्यक कर्म अर्थात यथोचित काम मात्र गर्नुपर्दछ । मानिसले त्यही काम गर्नुपर्छ जुन काम गर्न योग्य होस् । यो नै बुद्धको चौथो सुत्र हो । यस्तो काम गर्नाले जीवनलाई सार मिल्दछ । मानिसले त्यहि काम गर्ने जुन जरुरी छ । यसलाई बुद्धले सम्यक कर्म भनेका छन् ।

५. सम्यक आजीव
सम्यक आजीव अर्थात आजीविका । बुद्धका अनुसार अरु कसैको अहित नगरी बाँच्नु नै सम्यक आजीविका हो । विध्वंसात्मक नभइ सृजनात्मक भई बाँच्नका लागि अरुलाई पीडा नदिई, अरुको जीवन नष्ट नगरी अरुको अहित नगरी जिउनु नै सम्यक आजीव हो ।

६. सम्यक व्यायाम
सम्यक ब्यायाम अर्थात श्रम । सम्यक ब्यायाम/श्रम भनेको आलस्य नभई कर्मठताका साथ गरीने परीश्रम वा शारीरीक कर्मलाई बुझिन्छ । यो नै बुद्धको छैठो सुत्र हो । बुद्धका अनुसार शरीर मार्ग हो भने सम्यक श्रमका लागी कर्म हो । र दुबैको समिश्रण जीवन हो ।

७. सम्यक स्मृति
सम्यक स्मृती अर्थात मनमा कुविचार नराख्नु । कुनै पनि कर्ममा लिन हुदाँ सकेसम्म कुनै पनि कुविचार मनमा नराखि एकाग्रताका साथ सुविचार मनमा राख्नु नै बुद्धको सातौ सुत्र हो । बुद्धका अनुसार नराम्रो विचार मनमा राख्नु हुदैन, यसले हृदयलाई नै मार्ने गर्दछ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  २ : ५२ बजे

साउनको अन्तिम सोमबार : पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा