ए डिभिजन लिग : संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो थ्री स्टार « Khabarhub

ए डिभिजन लिग : संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो थ्री स्टार


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्ग शुक्रबारको खेलमा संकटा क्लबलाई पराजिग गर्दै थ्रीस्टार क्लब अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा थ्रीस्टारले साविक उपविजेता सङ्कटालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

थ्रीस्टारको जीतमा अनन्त तामाङ नायक बने । उनले खेलको दोस्रो हाफमा गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अनन्तले खेलको ६१ औँ मिनेटमा थ्रीस्टारको लागि निर्णायक गोल गरे ।

खेलमा थ्रीस्टारका विक्रम लामा म्यान अफ दि म्याच घोषित भए । जारी प्रतियोगितामा थ्रीस्टारले ११ खेलमा २० अङ्क जोडेको छ । यता समान खेल खेलको सङ्कटा १५ अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ३ : ४७ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका