ए डिभिजन लिग : संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो थ्री स्टार « Khabarhub

ए डिभिजन लिग : संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो थ्री स्टार


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्ग शुक्रबारको खेलमा संकटा क्लबलाई पराजिग गर्दै थ्रीस्टार क्लब अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा थ्रीस्टारले साविक उपविजेता सङ्कटालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

थ्रीस्टारको जीतमा अनन्त तामाङ नायक बने । उनले खेलको दोस्रो हाफमा गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अनन्तले खेलको ६१ औँ मिनेटमा थ्रीस्टारको लागि निर्णायक गोल गरे ।

खेलमा थ्रीस्टारका विक्रम लामा म्यान अफ दि म्याच घोषित भए । जारी प्रतियोगितामा थ्रीस्टारले ११ खेलमा २० अङ्क जोडेको छ । यता समान खेल खेलको सङ्कटा १५ अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ३ : ४७ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु