एमसीसी चाँडै पास नभए काम गर्न ढिला हुन्छ : विष्ट « Khabarhub

एमसीसी चाँडै पास नभए काम गर्न ढिला हुन्छ : विष्ट


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालका प्रमुख खड्गबहादुर विष्टले एमसीसी सम्झौता अनुमोदन गर्न ढिलाइ भएको बताएका छन् ।

एमसीसी परियोजना आगामी सालको असार १६ गतेदेखि शुरु गर्नुपर्ने भएकाले चाँडै नै संसदबाट अनु्मोदन हुनुपर्ने विष्टले बताए ।

एमसीसी सहायता परिचालनका लागि नेपाल सरकारले निर्माण गरेको एमसीए नेपालले आज (शुक्रबार) राजधानीमा अयोजना गरेको कार्यक्रममा विष्टले सम्झौता अहिलेसम्म संसदबाट अनुमोदन भइसक्नुपर्ने भएपनि ढिलाइ भएको बताए ।

कार्यक्रममा विष्टले भने, ‘१६ असार १६ मा परियोजना शुरु गर्नु पर्ने अवस्था छ । यदी शुरु हुन सकेन भने नयाँ मितिका लागि प्रस्ताव गर्ने अर्को प्रक्रिया थाल्नुपर्छ । त्यसैले सकेसम्म चाँडो एमसीसी संसदबाट अनुमोदन हुनुपर्छ ।’

अन्य १७ देशमा संसदबाट पारित गरेर एमसीसी कार्यान्वयनमा गएको उदाहरण दिँदै उनले अब ढिला गर्न नहुने बताए ।

एमसीसी अन्तर्गत दुई वटा परियोजना तीनसय किमी उच्च क्षमताको विद्युत् प्रसारण लाइन र एक सय किमी सडक स्तरोन्नति छनोट भएका छन् । परियोजना कार्यान्वयन सुरु गर्नुअघि नेपालले ६ वटा शर्त पूरा गर्नुपर्ने हुन्छ । यसमध्ये नेपाल–भारत सीमापार प्रशारण लाइन निर्माणबारे भारतसँग गर्नुपर्ने सम्झौतासहित चार शर्त पूरा भइसकेको र संसदबाट सम्झौता अनुमोदन तथा आयोजना क्षेत्रमा पहुँच (जग्गा अधिग्रहण) बाँकी रहेको बताए ।

यो परियोजनाका लागि अमेरिकी सरकारले ५० करोड डलर र नेपाल सरकारले १३ करोड डलर खर्च गर्नेछन् । कुल ६३ करोड डलरमा दुई परियोजना कार्यान्वयनमा आउन लागेका हुन् ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ९ : ५२ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको